प्रदेश मातहातमा आएपछि नयाँ व्यवस्थापनका साथ खुल्यो ‘प्रदेश संग्रहालय’

श्याम रानामगर, पोखरा न्यूज – २३, साउन ।  गण्डकी र आसपासका संस्कृतिलाई समेट्न उद्देश्यले वि.स. २०४१ माघ ३ मा गण्डकी प्रदेशको राजधानी पोखरामा क्षेत्रीय संग्रहालय खोलियो । स्थानीय तहले जनप्रतिनिधि पाएपछि संग्रहालय ०७५ भदौ २४ मा गण्डकी प्रदेश सरकार मातहतमा पुग्यो ।

सबैको आँखाबाट ओझेलिन पुगेको संग्रहालय बिहीबार नयाँ व्यवस्थापनका साथ ग्यालरी थप गरि सञ्चालनमा ल्याइएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ११ लाख सहयोगमा नयाँ ग्यालरी थप गरि संग्रहालय सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख करुणा राईले जानकारी दिएन् । संग्रहालयको बिहीबार गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुनले उद्घाटन गरिन् ।

कार्यालय प्रमुख राईले मन्त्री पुनलाई संग्रहालयका समस्या सुनाइन् । १० जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले २ कार्यालय सहयोगी सहित ४ कर्मचारीले संग्रहालय चलाई रहेका छन् । जुन संग्रहालयका लागि प्रयाप्त होइन् । संग्रहालय नजिकैको मोटर ग्यारेज छ । जस्को आवाजले संग्रहालय अवलोकन गर्नेलाई सिधा असर गर्ने गरेको भन्दै उनले गुनासो पोखिन् ।

फोहोरको समस्या पनि उस्तै छ । ‘म कार्यालय प्रमुखको रुपमा नियुक्त भएर आई सकेपछि ९, १० ट्रक फोहोर व्यवस्थापन गरि सक्यौ,’ मन्त्री पुनलाई प्रश्न तेस्याउँदै उनले सुनाइन्, ‘यसरि संग्रहालयलाई डम्पिङ साइड बनाउँदा संग्रहालय भिजिट गर्न आउँने पर्यटकले के सोच्लान् ?’ कार्यालयको रेखदेख गर्न एउटा सुरक्षाकर्मी पनि छैनन् । संग्रहालयबाट एउटै कलेक्सन हराए के होला ? संग्रहालयमा आर्ट ग्यालरि र पुस्तकालय लगायत धेरै संरचना थप गर्नु पर्ने उनले सुझाइन् ।

२३ रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालयमा वार्षिक १० हजारले मात्र अवलोकन गर्ने गरेको तथ्यांक छ । संग्रहालय जुन उद्देश्य लिएर स्थापना भएको थियो त्यस्को अलिकति पनि उपलब्धि नपाइएको कार्यालय प्रमुख राइले सुनाइन् । गण्डकी प्रदेशको शुद्ध कल्चर बुझ्न संग्रहालय आउँनै पर्ने उनको भनाई छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री पदमा निर्वाचित भै सकेपछि मन्त्री ‘प्रदेश संग्रहालय’ अवालोकन गर्न आएको सुनाइन् । सुरुमा संग्रहालय प्रवेश गर्ने बाटै नभेटेको उनले सुनाइन् । ‘बल्लतल्ल संग्रहालय प्रवेश गर्दा जताततै लथालिंग थियो,’ पहिलो पटक संग्रहालय प्रवेश गरेको स्मरण गर्दै उनले भनिन्, ‘वरिपरीका फूल पनि सबै मुर्झाएका थिए । सबै लथालिंग ।’ पोखराको मुटुमै भएर पनि कसैले थाहा नपाएकोमा उनको गुनासो छ । प्रदेश सरकारले संरचनाहरु थप गरेर प्रचार प्रसार गर्नु जरुरी देखेको उनले सुनाइन् ।

मन्त्री पुनले केही समय अघि फ्रान्स भ्रमणमा गएका कुरा पनि स्मरण गरिन् । सामान्य लाग्ने चिजलाई पनि फ्रान्सले कसरि आयआर्जनको स्रोत बनाई रहेको छ ? उनले सुनाइन् ।  संग्रहालयका लागि गण्डकी प्रदेश सरकारले यसै आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरेको छ । मन्त्री पुनले प्रति वर्ष संग्रहालयमा भिजिटर बढाएर नमुना संग्रहालयका रुपमा विकास गर्ने समेत आश्वासन दिएकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button