लेकसाइडका व्यवसायीको किचलो टुंगियो ! अदालतमा पेश भएको रिट फिर्ता हुने

पोखरा न्यूज – २३, साउन । लेकसाइडका व्यवसायीको किचलो टुंगिएको छ । व्यवसायीहरु ‘रात्रीकालीन व्यवसाय सञ्चालन आचारसंहिता तथा अनुगमन निर्देशिका २०७६’ तयार पारेर लागु गर्न सहमत भएपछि लेकसाइडका व्यवसायीहरुबिचको किचलो टुंगिने पक्का भएको हो ।

रात्रीकालिन व्यवसाय सञ्चालन सम्बन्धि जिल्ला प्रशासन कार्यालय कास्कीले तयार पारेर दिएको निर्देशिकालाई व्यवसायीहरुले सामान्य परिमार्जन गरि लागु गर्ने सहमति भएको छ । सहमति पछि व्यवसायीहरुले संयुक्त रुपमा हस्ताक्षर गरि निर्देशिका जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाएका छन् ।

पोखरा पर्यटन परिषद्, रेष्टुरेन्ड एन्ड बार एसोशियसन पोखरा, पश्चिमाञ्चल होटल संघ, टान पोखरा लगायतका पर्यटन सम्बद्ध संघ संस्थाहरुले आपसि सहमतिमा ‘रात्रीकालीन व्यवसाय सञ्चालन आचारसंहिता तथा अनुगमन निर्देशिका २०७६’ तयार पारि लागु गर्न गराउँन सहमति जनाएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष गोविन्दराज पहारीले आचार संहिता तथा निर्देशिकाका सम्बन्धमा सम्पूर्ण पर्यटन व्यवसायी राजी भइ हस्ताक्षर गरि सहायक सिडियो गुरुदत्त ढकाललाई निर्देशिका बुझाएको बताए । व्यवसायीहरुले बुझाएको निर्देशिका नेपाल सरकार गृह मन्त्रालय वा संघीय सरकारबाट पारित भएर आएपछि पूर्ण रुपमा लागु हुने उनले उल्लेख गरे ।

निर्देशिकामा कास्की जिल्लाभित्र सञ्चालन हुने गरी दर्ता भएका रेष्टुरेन्ट, क्याविन रेस्टुरेन्ट, डान्स बार, डिस्को, दोहोरी साँझ, क्लब, जुम्बा, गजल, लज, होटल, स्पा, मसाज पार्लर, पार्टि प्यालेस, डिपार्टमेन्टल स्टोर जस्ता व्यवसायलाई मर्यादित एवं व्यवस्थित बनाउने उद्देश्यले अनुगमन तथा निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ८ सदस्यीय अनुगमन समिति गठन गर्ने प्रावधान राखिएको पहारीले जनाए ।

व्यवसायी वा सञ्चालकले पालना गर्नुपर्ने शर्तहरु, सुरक्षा निकायले गर्नुपर्ने सुरक्षा प्रत्याभूतिका कार्यहरु, सञ्चालक/व्यवसायीको जिम्मेवारी र दायित्व, सेवाग्राहीले पालना गर्नुपर्ने आचरण र व्यवहार, यौन उत्पीडन, यौन शोषण, महिला कामदारले पालना गर्नुपर्ने आचरण, उजुरी दिन सकिने व्यवस्था, अनुगमन समिति र समितिको काम, कर्तव्य र अधिकारहरु उल्लेख गरि निर्देशिका तयार पारिएको छ ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपिबहादुर भट्टराईले आचार संहिताले लेकसाइडमा रहेका यावत समस्याहरुलाई सम्बोधन गर्न ठुलो भुमिका खेल्ने आफूहरुले विश्वास लिएको बताए । पर्यटन व्यवसायीहरुबिच एकरुपता कायम हुनुपर्ने, पर्यटन व्यवसाय निर्वाध रुपले सञ्चालन हुन पाउनु पर्ने सुरक्षाको प्रत्याभुति हुनु पर्ने र व्यवसायीले पनि व्यवसायीक धर्म र सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने उनको तर्क छ ।

विभिन्न १२ वटा बुँदामा निर्देशिका तयार भएसँगै व्यवसायीहरुबिचको विवाद टुंगिएको बताउँदै पुर्व अध्यक्ष पहारीले आइतबार अदालतामा पेश भएको रिटको पेशी भएकाले सोही दिन रिट फिर्ता लिने समेत बताए । लेकसाइडमा रातको समयमा  होहल्ला र प्रदूषण गर्ने व्यवसाय संचालनमा  रोक लगाउनुपर्ने आसयको माग सहित पश्चिमाञ्चल होटल संघका अध्यक्ष तुलाचन र पूर्व अध्यक्ष पहारी सहित पर्यटन सम्बद्ध संघ सस्था तथा सामाजिक संघ सस्थाका ४२ जनाले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । रिट दायर संगै पोखराका पर्यटन व्यवसायीहरु पक्ष विपक्षमा उत्रिएपछी व्यवसायीक तिक्तता देखा परेको थियो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. म यक सान्त प्रेमि होटेल व्यावसायि हु।बाटो मा सरदर जसो रातको समयमा पाहुना लिइ आउने रात्री बस र तेसका पाहुना को चर्को आवाजले गर्दा मेरो परिवार घर कोठामा सुत्न सक्ने बाताबरण भयन र मैले मेरो होटेल कोठा तर्फा गै सुत्ने बिचार भै तेहा गयर सुत्दा मलाइ थाहा भयो यता पछाडी पनि रातको समयमा बारम्बार रात्री सेवा हुनाले मेरो लज मा सुतिरहेका पाहुनालाई धेरै सास्ती रहेछ मैले बल्ल बुझे। के तेस्ता रात्रि ब्यबसाइ र हल्ला गर्नेलाइ उचित सजाय हुन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button