चाड पर्वको नाममा तडकभडक गर्नु भ्रष्टचार: बुढामगर

दीननाथ बराल, पोखरा न्यूज – २४, साउन । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढामगरले विभिन्न चाड पर्व मनाउने नाममा तडकभडग गर्नु पनि भ्रष्टचार भएको बताएका छन्।

शुक्रबार पोखरामा भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्थाको सचिवालय उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी बुढामगरले विभिन्न चार्ड पर्व, जन्म दिन, बार्षिकोत्सवको अवसरमा अनावश्यक भोजभतेर गर्नु एक प्रकारको भ्रष्टचार नै भएको बताएका हुन्।  नागरिक स्तरबाटै भ्रष्टचार नियन्त्रण गर्न निगरानी गर्नुपर्ने बताउदै उनले नियम कानुनमा रहेर कुनै पनि चार्ड पर्वको मर्म र धर्म अनुसार मनाउन सुझाव दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख काशीराज दाहालले कास्कीमा भ्रष्टचारका बढी उजुरी परेको भरैमा बढी भ्रष्टचार भएको भनिहाल्न नमिल्ने बताए । उनले भने “मनाङमा एउटा मात्र उजुरी परेको छ के मनाङमा भ्रष्टचार भएको छैन त, नागरिकको पहुच कसरी भएको छ भन्ने कुरा यसमा जोडिएको हुन्छ, भ्रष्टचार न्यूनिकरण गर्न सबैको साथ र सहयोग आवश्यक पर्छ । ”

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भ्रष्टचार लिने र दिने पनि दोषी हुने दाबी गरे । कुनै सार्वजनिक निकायमा कुनै व्यक्तिको काम कारवाही ढिला सुस्ती भएमा हामी आफैले मेरो काम किन ढिला भनेर प्रश्न गर्नु पर्ने नकि झुण्ड झुण्ड भएर जान नहुने उनले जनाए ।

संस्थाका संस्थापक एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशका धेरै क्षेत्रमा अनियमितता र भ्रष्टचार भएको दाबी गरे । नागरिक समाज, सुरक्षाकर्मीले देशका धेरै ठाउँमा हुने गरेका अनितमितता र भ्रष्टचारलाई खोजी खोजी केलाउनु पर्ने उनले बताए । हाल तीन तहको सरकारमा झन छताछुल्ल भष्टचार भएको उनको दाबी छ ।

कानुनि सल्लाहकार सुरेन्द्र थापा मगरले भ्रष्टचारलाई नागरिक समाज र राजनीतिक दलहरुले साझा मुद्धा बनाउन नसकेको दाबी गरे ।  संस्थाका अध्यक्ष तिलक पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्यप्रसाद पौडेल, पोखरा महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामेश्वर मल्ल, गैसस महासंघ गण्डकी प्रदेश संयोजक विना शिल्वाल, उपाध्यक्ष यादव शर्मा गौडेल, सचिव रामबहादुर पौडेल लगायले भ्रष्टचार न्यूनिकरण गर्न आम नागरिक नै सचेत हुनु पर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button