तनहुँमा युवती र बालकको शव फेला

पोखरा न्यूज – २५, साउन । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक युवती  र बालकको शव फेला परेको छ ।

नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया युवती  र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए  ।

मृत फेला परेका युवती  र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button