पोखरामा विदेशीलाई नागरिकता दिएको आरोपमा पक्राउ परेका ८ जनालाई म्याद थप

दीननाथ बराल, पोखरा न्यूज – २६, साउन । झुटा कागज बनाएर विदेशीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरामा पक्राउ परेका ८ जनालाई म्याद थप गरिएको छ । तिब्बतीयन नागरिक तासी आङबो र सरु आङ्बोलाई झुटा कागज बनायर नागरिकता दिएको आरोपमा केही दिन अघि पक्राउ परेका पोखरा-१८ सराङकोट निवासि लेखबहादुर थापा सहित ८ जनालाई आज म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले थापा सहित नागरिकता लिने  तासी आङवो, सरु आङबो र नागरिकता दिलाउने कार्यमा  संलग्न भएको आरोपमा  वेल बहादुर थापा मगर, ज्ञान बहादुर थापा क्षेत्री, सन्तोस थापा मगर, कमल थापा मगर र इमान थापा मगरलाई पक्राउ गरेको हो  । केही समय देखि पोखरा क्षेत्रमा बस्दै आएका आङबो द्वयलाई लेख बहादुर थापाले आफ्नो छोरीको रुपमा विभिन्न निकाएमा उल्लेख गराउदै आएका थिए । उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए । विदेशीलाई नागरिकता वितरण गर्ने घटनामा संलग्न अन्य व्यतिहरुको समेत संलग्न हुन सक्ने उनले जनाए ।

उनीहरुलाई नागरिकता दिन लेख बहादुर थापाले जन्मदर्ता देखि विभिन्न निकायमा आफुलाई बाबुको रुपमा उल्लेख गराउदै आएका थिए । थापाले आफ्नी एक छोरीलाइ  तिब्बतियन नागरिक संग विवाह गराएको बताइएको छ  ।  छोरीका छोरीहरुलाई लेख बहादुरले केही ठाउँमा छोरीको रुपमा त केही ठाउँमा हजुरबाबुको रुपमा उल्लेख गराएका छन्।

कास्कीबाट लेखबहादुरका दुई नातिनीहरुले फरक फरक मितिमा नागरिकता लिएका छन । गएको जेठ २६ गते सरु आङ्बोले र असार ६ गते तासी आङ्मोले जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता लिएका थिए । पोखरामै बस्दै आएका तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने तथा सिफारिस गर्ने ६ जना पक्राउ परेका हुन्।

पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले लेख बहादुर थापाले कागजी प्रमाण ल्याएको, मुचुल्का समेत गराएको आधारमा आफुहरुले आङबो दिदी बहिनीलाई नागरिकता दिनको लागि सिफारिस गरेको बताए । उनले भने “ हामीले प्रमाणको आधारमा सिफारिस गर्ने हो स्थानिय लेखबहादुर थापा स्वयम आफै सिफारिस लिन आएका थिए ।”

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले नागरिकता वितरण गर्ने उद्धेश्यले कागजी प्रमाण जुटाएर लेख बहादुर थापाले दुई जना तिव्बतियनलाई नागरिकता दिलाएको भेटिएको बताए । उनीहरु उपर अनुसन्धान पश्चात आवश्यक कारवाही हुने उनले जनाए । यदि अदालतले गैर नेपालीलाई नागरिकता दिलाएको ठहर गरेमा  १ बर्ष देखि ५ बर्ष जेल र ५० हजार देखि एक लाखसम्मको जरिवाना हुने  कानुनि ब्यवस्था रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button