पोखरामा दिनहुँ डेंगुका बिरामी बढ्दै, ३४ जनामा डेंगु संक्रमण

दीननाथ बराल, पोखरा न्यूज – २७, साउन ।  पोखरामा  दैनिक जसो डेंगु संक्रमणका बिरामीको सङख्यामा वृद्धि हुँदै  गएको छ ।

शनिबार थप  २ जनाममा  भेटिएको डेंगु संक्रमण आइतबारसम्म थप ५ जनामा भेटिएकाले पोखरामा दैनिक जसो डेंगुका बिरामीहरुको सङख्यामा वृद्धि हुँदै आएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सिनियर मेडिकल अफिसर डा. भोजराज गौतमले बताए ।

पोखरामा यस बर्ष हालसम्म ३४ जनामा डेंगुका बिरामी भेटिएको उनले जनाए । पोखराका विभिन्न अस्पतालमा हाल ११ जनाको उपचार भइरहेको डा. गौतमले जनाए । पोखराका विभिन्न अस्पतालमा झुल सहित छुट्टै कोठामा राम्रो रेखदेखका साथ डेंगुका बिरामीको उपचार भइरहेको उनले दाबी गरे ।

हाल  लामखुट्टेको फेवर  मौसम भएकाले पोखरामा डेंगु संक्रमणको अझै उच्च जोखिम भएको रहेको भन्दै सावधानि अपनाउनु पर्ने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सिनियर मेडिकल अपिसर डा. गौतमले बताए । लामखुट्टेको वासस्थान नै नष्ट पार्नु डेंगुको प्रमुख रोकथाम भएको उनको भनाई छ  ।

कास्की बाहेक गण्डकी प्रदेशका  स्याङजाका दुई जनामा र तनहुँका एक जनामा डेंगु पोखरा आउदा भेटिएको डा. गौतमले जनाए । यस बर्ष भने प्रदेशका अन्य जिल्लामा हालसम्म डेंगुका बिरामी नभेटिएको उनले बताए । डाक्टर अध्ययन गर्दै गरेका विद्यार्थीदेखि सामान्य मजदुरहरुलाई समेत डेंगु संक्रमण भेटिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ८ र ९ मा विशेष गरी धेरै डेंगु संक्रमणका बिरामीहरु भेटिएको छ भने पोखराका १, २, ४, ५, ६, १०, १७, २५ वडाहरुमा डेंगु संक्रमणका बिरामीहरु भेटिएको हो । पोखरामा विभिन्न संघ संस्थाको अगुवाईमा डेंगू सचेतना तथा खाली भाडामा पानी जम्न नदिने गरी घर दैलो कार्यक्रममा भई रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button