पोखराको केदारेश्वर मन्दिरमा भक्तजनको अत्याधिक भिड

दीननाथ बराल, पोखरा न्यूज – २७, साउन ।  साउन महिनाको अन्तिम  सोमबार पोखरा लेकसाइड-६ स्थित केदारेश्वर मन्दिरमा लागेको भक्तजनकोअत्याधिक भिड् लागेकोे छ । सन्तोस ब्रत परेकाले अन्य सोमबारको तुलनामा अन्तिम सोमबार केदारेश्वर मन्दिरमा अत्याधिक भिड भएको केदारेश्वर महादेवमणि सेवा आश्रम समितिका सचिव खिम पहारीले बताए ।

उनका अनुसार सोमबार बिहानदेखि साँझ महाआरति हुने भएकाले गर्दा पनि भक्तजनहरुको निकै ठुलो भिड लागेको हो । शिवका भक्तहरुले घण्टौं लाइन लगाएर गाइको दुध, बेलपत्र र फुल तथा अक्षता चढाएका छन्। केदारेश्वर मन्दिर परिसरमा सोमबार बोलबम पर्वको लागि आवश्यक फलफुल सहित दैनिक उपभोग्य बस्तुहरुको बिक्रि गर्नेहरुको भिड्नै लागेको थियो ।

फिस्टेल गेट देखिवडा प्रहरी कार्यालय बैदामसम्मको क्षेत्रमा फुटफाटे व्यापारी देखि भक्तहरुको निकै भिडभाड भएको थियो । केदारेश्वर मन्दिरमा भक्तहरुहरुलाई व्यवस्थापन गर्न स्थानिय विभिन्न संघ संस्थाले सहयोग गरेको स्थानिय हेमराज पहारीले बताए । एकतर्फ सर्वत पानीको व्यावस्था मिलाईएको थियो भने अर्को तर्फ बोलबमका भक्तहरुलाई खाजा (सुजी, पुरी, तरकारी) उपलब्ध गराईएको थियो । माडवारी सेवा समिति, मितेरी नारी समुह, धार्दिङ त्रिपुरा महिला समुह, डिभाईन क्लब, स्काउट लगायतका विभिन्न संघ संस्थाले सहयोग गरेको सचिव पहारीेले जनाए ।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूल मन्त्रका साथ केही भक्तजनहरुले गाइघाटदेखि झाँकी र भजनकीर्तन सहित बोलबम र्याली प्रर्दशन गरी मन्दिर परिसरमा पुगेका थिए । प्रचण्ड गर्मीको कुनै परवाह नगरी खाली खुट्टामा सडकमै नाच गान गर्दै शिवका भक्तहरुले शुक्लागण्डकीबाट जल लिई पैदल यात्रा सहित र्यालीमा सहभागि भएका हुन्।

गेरुबस्त्र धारण गरेका बोलबम जलयात्राका सहभागीले भगवान् शिवको महिमा सम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका थिए । बोलबम समितिले बगरस्थित गाईघाटबाट सेती नदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई झण्डै डेढ दशकदेखि व्यवस्थापन गर्दै आएको छ । केदारेश्वर मन्दिरमा भगवान् शिवको आराधना गर्न चारवटै प्रवेश द्वारमा बिहानैदेखि खुला गरिए पनि घुइँचो कारण दिउँसो अबेरसम्म उनीहरु लाइनमै बसेका मन्दिरका सचिव खिमबहादुर पहारीले बताए ।

पोखराको सेतीनदी किनार घाईघाटमा शिवका भक्तहरुले पुजा गर्दा सेतीनदीमा पर्न सक्ने भएकोले पूर्व सर्तकता अपनाइदै शसस्त्र प्रहरी कालिका गणको रेष्क्यू टिमले सुरक्षा दिएको थियो । शसस्त्र प्रहरी सहायक निरिक्षक दीपेन्द्र विष्टको नेतृत्वमा कालिका गणको टोलि शिवका भक्तजनहरुको लागि सुरक्षार्थ खटिएका हुन्।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button