कतारमा पौडी खेल्ने क्रममा एक नेपालिको मृत्यु

पोखरा न्यूज – २७, साउन । बैदेशिक रोजगारीका क्रममा बिगत १३ वर्षदेखि कतारमा कार्यरत रहेका सागुरीगढी गाउँपालिका–३ धनकुटाका ललितबहादुर लिम्बुको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परी मृत्यु भएको छ ।

लिम्बु कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा रहेका थिए । उनको निधनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीनमगरद्वारा जारी शोक वक्तव्यमा चाँडै नै शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिँदै दुख व्यक्त गरेका छन  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button