बेलायती सहयोगमा पोखराको विद्यालयमा भान्छा, एक बर्षसम्म खाजाको व्यवस्था

दीननाथ बराल, पोखरा न्यूज – २७ , साउन । बेलायतको एक कजेलले पोखराको सामुदायिक विद्यालयमा भान्छा कोठा निर्माण गरिदिएको छ ।बेलायतमा रहेको विलवोरफ सिक्थ फम कलेजले वेलायतकै ट्रावल ट्रि र नेपाल स्थित सहास नेपालको समन्वयमा पोखरा-१० स्थित कुँडहर आधारभुत विद्यालयमा एउटा भान्छा कोठा निर्माण गरेको हो ।

सोमबार भान्छा कोठाको एक समारोहका विच पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजकुमार गुरुङ, विलवोरफ कलेजका शिक्षक साइवन, ट्रावल ट्रिका लरेन्च एस.नरेन्च टि, नेपाल स्थित स्वयम सेवक म्यानेजर फ्रेजर, सहास नेपालका टंक गौतम लगायतले उक्त भान्छा कोठाको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। साथै कार्यक्रममा उनीहरुलाई खादा लगायर सम्मान सहित मायाको चिनो समेत प्रदान गरिएको थियो ।

पोखराको सामुदायिक विद्यालयमा सहास नेपालको समन्वयमा सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्दै निर्माण भएको भौतिक संरचनाको दिगो रुपमा संरक्षण गर्न उनीहरुले आग्रह गरेकाछन्। कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुरुङले सामुदायिक विद्यालयमा राज्यले उचित लगानी गर्न नसक्दा दाताको खोजीबाट गुणस्तरिय शिक्षामा लगानी खोज्नु पर्ने अवस्था रहेको जनाए ।

बेलायतकै ट्रावल ट्रि र नेपाल स्थित सहास नेपालको समन्वयमा फम कलेजको सहयोगमा करिब ३ लाख ३० हजारको लागतमा टिनले छाएको तर एककोठे पक्की भवन हालै निर्माण भएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ (मैना) ले बताइन्।

विद्यालयले विगत २०७४ देखि विद्यालयमा खाजा कार्यक्रम संचालन गरेसंगै विद्यार्थीहरुको सङख्यामा बृद्धि भएकोले आफुहरुको लागि भान्छा कोठा आवश्यक भएकाले उक्त कोठा विदेशी संस्थाबाट हालै निर्माण भएसंगै अब आफुहरुलाई दिगो रुपमा खाजा खुवाउन, अग्रेंजी शिक्षक, पुस्तकालय, कम्पुटर कक्षा कोठा समेत आवश्यक भएको अध्यक्ष मैनाले बताइन् ।  संस्थाहरुले करिब ५० हजार मुल्य बराबरका भाडाकुडाँ समेत उपलब्ध गराएको अध्यक्ष मैनाले जनाइन्।

 

त्यसै गरी उक्त संस्थाले एक बर्षसम्मको विद्यालयमा दिवा खाजाको समेत व्यावस्था गर्ने भएको उनले जनाइन्। सहास नेपालका टंक गौतमले आफुहरुले यस बर्ष कुडंहर सहितका ६ वटा विद्यालयमा विभिन्न प्रकारले सहयोग गर्ने योजना रहेको जनाए । केही विद्यालयमा सहयोग प्रदान गरिएको बताएका उनले केहीमा भने बाँकी रहेको जनाए ।

विद्यालयका निमिक्त प्र.अ.धिमा थापा मगरले विद्यालयमा हाल एक सय २० जना बिद्यार्थीहरु रहेको बताइन्। २०७४ साल देखि खाजा कार्यक्रम संचालन गरेसंगै विद्यालयमया बिद्यार्र्थीको सङख्यामा बृद्धि भएको उनले जनाइन्। कक्षा ७ सम्म अध्ययन हुने विद्यालयमा हाल कक्षा ४ सम्म अगेंजी माध्यमबाट पढाइ हुने गरेको छ । विद्यालयमा ९ शिक्षक सहित ११ जना कर्मचारी रहेका छन्।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. कजेल भएको छ,कृपया सच्चाउनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button