फेरी बढ्यो सुनको मूल्य

पोखरा न्यूज – २८, साउन । पछिल्लो पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक हजारले बढेर रु ७१ हजार पुगेको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो ।

तेजावी सुनसमेत बढेको छ । तेजावी सुन प्रतितोला रु एक हजारले वृद्धि भई रु ७० हजार ७०० पुगेको छ । सोमबार तेजावी सुन प्रतितोला र ६९ हजार ७०० मा कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु १० ले वृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला रु ८३५ पुगेको छ ।

लगातार उकालो लाग्दै गएको सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । पछिल्लो १५ दिनको तुलनामा सुनको मूल्यमा झण्डै छ हजारले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५०० डलर नाघेको छ ।

विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button