पोखराका ११ वडा कार्यालयमा चोरी गर्ने थापा पक्राउ

पोखरा न्यूज -२९, साउन । पोखरा महानगरको वडा कार्यालयमा लुट मच्चाउँने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलन गरेर वडा कार्यालयमा चोरि गर्नेलाई सार्वजनिक गरेको हो ।

वडा कार्यालयमा चोरि गर्ने ४१ वर्षिय किशोर थापा रहेको प्रहरीले खुलाएको छ । थापा यस अघि पनि काठमाडौं केन्द्रिय कारागारमा दुई पटक थुनिएको प्रहरीले जनाएको छ । पहिलो पटक ५ वर्ष र दोस्रो पटक ३ वर्ष सजाय भोगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
थापाले वडा कार्यालयमा सुरक्षा गार्ड नहुदाँ चोरि गर्न सजिलो हुने बयान दिएको प्रहरीले बताएको छ ।

काठमाडौं महानगरपालिका ११ स्थायी ठेगाना भएका थापा पोखरा महानगरपालिका १० कालिकाचोकमा डेरा गरि बस्दै आएको प्रहरीले खुलाएको छ । प्रहरीका अनुसार थापाले चोरि गरेका सामान डेरा नजिकैको निमार्णाधिन भवनमा लुकाउँथे । थापाले चोरि गरेका सामान बिहानको समयमा काठमाडौं पुर्या उँदै आएका थिए । गाउँमा सवारी साधनको पहुँच नहुने साथै चोरि गर्न पनि गाह्रो पर्ने भएकाले सहरलाई चोरले निशाना बनाउँदै आएको प्रहरीले जनाएको छ ।

थापाले चोरिका सामान काठमाडौं महानगरपालिका १४ कंलकी स्थित ‘कम्प्युटर सोलुसन’मा बेच्ने गरेको खुल्न आएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ । उक्त कम्प्युटर पसलका सञ्चालक थाहा नगरपालिका १२ मकवानपुरका ३६ वर्षिय रुपचन्द्र गोपालीलाई समेत प्रहरीले समातेको छ ।

थापाले चोरि गरेर कोठामा लुकाई राखेको अवस्थामा टोसिबा कम्पनीको ल्यापटप र चार्जर १ थान, सोनी कम्पनीको क्यामेरा १ थान, फलामको रड २ थान,  स्कुर्ट ड्राइभर १ थान, कालो पंजा २ जोर, कालो माक्स १ थान, सेतो रंगको ट्रयाक २ थान, निलो ज्याकेट २ थान, निलो टिसर्ट १ थान, टोपी २ थान समेत बरामद गरेको छ ।

प्रहरीले गोपालीले सञ्चालन गर्दै आएको कम्प्युटर सोलुसनबाट विभिन्न कम्पनीका ल्यापटप ३ थान, सिपियु ९ थान र मोनिटर १७ थान चोरिका सामान बरामद गरेको छ । प्रहरी अनुसन्धानले उक्त कम्प्युटर सोलुसनमा चोरिका सामान बिक्रि हुने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

थापाले १ वर्षको अवधिमा पोखराका ११ वडामा चोरि गरेका थिए । थापालाई जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरि चोरि तथा डाँका सम्बन्धि डाँकासम्बन्धि मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button