पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा चिनिया पर्यटक घाइते

दीननाथ बराल,  पोखरा न्यूज -२९, साउन । पोखरामा प्याराग्लाइडिङ दुर्घटना परी एक चिनिया पर्यटक घाइते भएकी छन्।

पोखरा प्याराग्लाइडिङ कम्पनीबाट बुधबार यात्रा गरेकी चिनिया नागरिक ६३ बर्षीया सानी युन्हा अवतरणको क्रममा घाइते हुन पुगेकी कास्की प्रहरीले जनाएको छ ।

घाइते युन्हाको मेट्रो सिटी हस्पिटलमा उपचार भएको थियो ।  खपौदीमा ल्याण्डिङ गर्ने क्रममा उनी घाइते हुन पुगेकी हुन्।

पोखरा प्याराग्लाइडिङ कम्पनीका संचालक मध्यका एक मिनराज पौडेलले घाईते चिनिया पर्यटकको मेट्रो सिटिमा सामान्य उपचार पछि डिस्चार्ज भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button