पोखरामा हर्षोल्लासका साथ जनै पूर्णिमा मनाइयो

दीननाथ बराल, पोखरा न्यूज -३०, साउन । पोखरा लगायत क्षेत्रमा पनि रक्षाबन्धन (जनै पूर्णिमा) पर्व जनै तथा रक्षाबन्धन धारण गरेर हर्षोल्लासका साथ मनाइएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन पर्व बिहिबार गुरु पुरोहितले विधि पूर्वक मन्त्रिएको जनै तथा रक्षाबन्धन धारण गरेर मनाइएको हो ।

पोखराका विभिन्न ठाउँमा बिहान केही घण्टा जसो यस बर्ष पनि रक्षाबन्धन लगाइ दिने र धारण गर्ने व्यक्तिहरुको भिड लागेको थियो । पोखरा नयाँबजारमा रहेको ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय (ओम शान्ति)मा रक्षाबन्धन तथा स्नेह मिलन समारोहमा गण्डकी प्रदेशका प्रमुख बाबुराम कुंवर, गण्डकी प्रदेश सांसद विन्दुकुमार थापा, डिआइजी विनोद शर्मा घिमिरे, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा लगायका विभिन्न उद्योगी व्यवसायी एवं रजनीतिक दलका नेता तथा अन्य आम जनताहरु सहभागि भएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कुंवरले देशमा धार्मिक व्यक्तित्वहरुको आवश्यक भएको बताए । उनले भने “धर्मले हामीलाई शासित गरोस देशमा धार्मिक व्यत्तित्वहरु पैदा हुन सकोस र हामी काहाँ धर्मले राज गरोस, विधिले राज गरोस ।” ब्रह्मकुमारी इश्वरीय विश्वबिद्यालय पोखराका निर्देशक राजयोगिनी प्रणिता (दिदि) ले प्रदेश प्रमुख सहितका अन्य विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई राखि लगाएकी थिइन्।

ओम शान्तिका पोखरामा २० वटा कार्यालयमा बिहानदेखि बेलुकासम्म राखि बाध्ने तथा रक्षाबन्धन लगाउहरुको भिड भएको ओम शान्ति नयाँबजारका महासचिब शैलेस बरालले बताए । उनका अनुसार पोखरा क्षेत्रमा करिब ३५ हजार भन्दा बढीललाई राखि तथा रक्षाबन्धन लगाइएको छ । ओम शान्तिको टोलीले कास्की कारागार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, प्रहरी तालिम महा विद्यालय लामपाटन, मानव सेवा आश्रम छोरेपाटन लगायतका ठाउँमा सामुहिक रुपमा गएर राखि तथा रक्षाबनधन लगाइ दिएको महासचिव बरालले जनाए ।

लायन्स क्लब पोखरा सेन्ट्रल टाउनका खेम क्षेत्रीले विगत ४ बर्ष देखि पोखरामा रक्षा बन्दन कार्यक्रम आयोजना गर्दै आएका छन्। यसै क्रममा यस बर्ष पनि उनले पृथ्बीचोक र महेन्द्रपुलमा रक्षाबन्धन कार्यक्रम संचालन गरेका थिए । मामा घर र शसुरालि घर जान नपाउनेहरुको लागि वा अन्यलाई जनै तथा रक्षाबन्धन धारण गराउने उद्धेश्यले यस बर्ष पनि निरन्तरता दिएको उनले जनाए । नारायणथान मन्दिरबाट ६ जना वटुकको सहायतामा नेपाली संस्कृति संरक्षण गर्ने विश्वासका साथ कार्यक्रम गरिएकोे उनले जनाए ।

त्यसै गरी अन्य केही संस्थाहरुले पनि रक्षाबन्धन कार्यक्रम आयोजना गरेका थिए । पोखरामा रक्षाबन्धनको केही दिन अघि देखि बजारमा मिठामिठा खानेकुरादेखि राखि विक्रि वितरण शुरु भएको थियो । पोखराका अधिकाशं मिठाई पसलहरुले विभिन्न प्रकारका मिठाई बनाई बिक्रि वितरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button