विजुलीको खम्बामा बस ठोक्किँदा एकको मृत्यु, १५ घाइते

पोखरा न्यूज -३१, साउन । हेटौँडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो ।

काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button