पर्वतमा करेन्ट लागेर २ को मृत्यु

पोखरा न्यूज -३१, साउन । पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का स्थानीयवासी भरत क्षेत्री घाइते भएका छन् । घाइते क्षेत्रीलाई उपचारका लागि पोखरा पठाइएको छ ।

महाशीला गाउँपालिका–४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । घटनास्थलमा लुङ्खु प्रहरी चौकीबाट प्रहरीको टोली पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए ।

मृतकहरुको शव परीक्षणका लागि पर्वत जिल्ला अस्पतालमा ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button