फोटोमा मुस्ताङ (फोटो फिचर)

पोखरा न्यूज -३१, साउन ।  हिमाल पारिको जिल्लाको रुपमा चिनिन्छ मुस्ताङ । धौलागिरी र निलगिरी हिमालको बिचमा अवस्थित मुस्ताङ पवित्र धार्मिकस्थलको रुपमा पनि उत्तिकै प्रख्यात छ ।

पूर्वमा मनाङ, पश्चिममा डोल्पा र उत्तरमा चिनको स्वाशासित क्षेत्र तिब्बत साथै दक्षिणमा म्याग्दी जिल्लाले घेरिएको मुस्ताङ साहसिक र धार्मिक पर्यटनका लागि पनि पर्यटकहरुको रोजाईमा पर्ने गर्छ । थकाली जातिको बाहुल्यता रहेको मुस्ताङमा पुग्न ‘हवाई’ र ‘हाइवे’ दुबैको सुविधा छ ।

लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ क्षेत्र, टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक,टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख ,टुकुचे बतासे लेख ,टुकुचे नाथांग खर्क यहाँका प्रमुख पर्यटकीय ठाउँ हुन् । दामोदर कुण्ड, ढुम्बा ताल, टिटी ताल, सेकोङ्ग ताल यहाँका प्रमुख तालहरु हुन् ।

स्पाउ, आरु, फापर, चिली, आलु, उवा यहाँका मुख्य खाद्य बस्तु हुन् । धार्मिक महत्वको रुपमा हेरिने कालिगण्डकी पनि मुस्ताङकै बिच भएर बग्छ । मुस्ताङलाई परापूर्वकालमा नेपाल र तिब्बतबिचको मुख्य व्यापारिक केन्द्रको रुपमा बुझिन्छ । यहाँ बौद्ध धर्मावलम्बिहरुको बाहल्यता बढी छ ।  बर्खा सकिएको खुसियालीमा मनाइने ‘यार्तुङ’ भर्खरै सकिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button