पोखरामा कार्यालयबाटै वडा अध्यक्ष थापा सहित ३ जना पक्राउ

दीननाथ बराल, पोखरा न्यूज – ३१, साउन । पोखरामा  पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापा सहित तीन जना पक्राउ परेका छन्। विदेशीलाई नेपाली नागरिकता दिएको आरोपमा वडा अध्यक्ष थापा सहित तीन जनालाई कास्की प्रहरीले आज (शुक्रबार) पक्राउ गरेको हो ।

वडा अध्यक्ष थापा सहित वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेल शुक्रबार पक्राउ परेसंगै उनीहरुलाई म्याद थप गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई वडा कार्यालयबाटै  पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी.राजकुमार केसीले बताए । उनीहरु उपर आवश्यक थप  अनुसन्धान पश्चात कानुन अनुसार  कारवाही हुने उनले जनाए ।

यस अघि विदेशीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरामा केही दिन अघि २ विदेशी सहित ८ जना पक्राउ थिए । तिब्बतिय नागरिक तासी आङबो र सरु आङबोलाई कास्कीबाट नागरिकता दिलाउन झुटा कागज बनाउने उनका हजुरबा पोखरा १८ सराङकोट निवासि लेखबहादुर थापा सहित ८ जनालाई पक्राउ गरेका हुन्।

अदालतले गैर नेपालीलाई नागरिकता बनाएको ठहर गरेमा  १ बर्ष देखि ५ बर्ष जेल र ५० हजार देखि १ लाखसम्मको जरिवाना हुने  कानुनि ब्यबस्था रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button