वल्र्ड क्याम्पोकाइमा रजक पदक ल्याउने खेलाडीलाई पोखरामा सम्मान

दीननाथ बराल, पोखरा न्यूज -३१, साउन । जापानको सिजु ओका हामा माचुमा हालै सम्पन्न भएको वल्र्ड क्याम्पोकाइ प्रतियोगितामा पदक ल्याउने खेलाडीलाई पोखरामा सम्मान गरिएको छ । नेपालको तर्फबाट रजत पदक हात पार्न सफल आविस्कार रिजाल सहित अन्य खेलाडीलाई शुक्रबार पोखरामा सम्मान गरिएको हो ।

सहभागि ३ जना खेलाडीहरु मध्ये रिजालले १३ बर्ष मुनिका खेलाडीहरु सहभागी (यू-१३) तर्फको इभेण्टमा रजत पदक तथा वेष्ट फाइटरको उपाधि हात पारेका थिए । उनीसंगै १५ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू-१५) मा नारायण सिउथानी मगर र १२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू-१२) मा भिमसेन अधिकारी सहभागि भएका थिए ।

रिजाल जापानकै यान्दोसंग फाइनलमा पराजित भएको टिम म्यानेजर प्रकाश बरालले बताए । रिजाल पोखराका खेलाडी हुन भने अन्य दुईजना म्याग्दीका खेलाडीहरु हुन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, नेपाल क्याम्पोकाइ संघका कार्यवहाक अध्यक्ष नाराज बहादुर खड्काले खेलाडीलाई पोखरामा स्वागत गर्दै खादा लगायर सम्मान गरेका हुन्।

नेपाली खेलाडीहरुको टिमलाई दिपीका इन्टरनेश्नल प्रालि तथा टाइगर ग्रुप  जापानका संयोजक चन्द्र खत्री, नेपाल जापान भलिबल संघका अध्यक्ष नविन गुरुङ, दिपीका इन्टरनेश्नलका छम खत्रीले जापानको टोकीयोमा दुई दिनको आवासिय सहितको अन्य सेवा सुविधा उपलब्ध गराएको टिम म्यानेजर बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button