अभिनेत्री नम्रता श्रेष्ठको ‘जाइरा’ भदौ ६ मा

पोखरा न्यूज -३१, साउन ।  भदौ ६ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘जाइरा’ देश दौडाहामा छ । देश दौडाहाको क्रममा रहेको ‘जाइरा’ युनिट यतिबेला पोखरा आइपुगेको छ ।

फिल्म युनिटले शुक्रबार पोखरामा  पत्रकार सम्मेलन गरेर फिल्मबारे जानकारी दिएको हो । अभिनेत्री नम्रता श्रेष्ठको लगानीमा बनेको फिल्ममा आसुँतोष राज श्रेष्ठको निर्देशन रहेको छ । फिल्ममा अभिनेत्री नम्रता मुख्य अभिनेत्रीको रुपमा देखिने छिन् । फिल्ममा अभिनेता प्रमोद अग्रहरि, अनुपविक्रम शाही, रेमनदाश श्रेष्ठ लगायतका कलाकारलाई पाउन सकिन्छ ।

‘जाइरा’बाटै कलाकार सम्राट मगर, सुजाता श्रेष्ठ, सिर्जना रेग्मीले डेब्यु गर्दै छन् । फिल्ममा नम्रतालाई मिक्स मार्सल आर्ट खेलाडिको रुपमा देखिने छिन् । फिल्मका लागि नम्रताले ६ महिना एक्सन ट्रेनिङ पनि लिएकी थिइन ।  ‘स्क्रिप्ट म कहाँ आईसकेपछि मैले पढें,’ अभिनेत्री नम्रताले भनिन्, ‘कुनै पनि एंगलबाट फिट हुन्छु जस्तो नै लागेन । २/३ दिन त यति गाह्रो भयो कि मैले सक्दिन पनि भने ।’

यसै फिल्मबाट डेब्यु गरेका अभिनेता सम्राट मगर फिल्ममा नम्रताको मार्सल आर्ट कोचको रुपमा देखिने छन् । सम्राट फिल्ममा मात्र नभई रियलमा पनि मार्सल आर्ट ट्रेनर हुन् । फिल्ममा नम्रताले क्यारेक्टरलाई एकदमै जस्टिस गरेको उनी मत राख्छन् । ‘सुरुमा त सक्ला र ? भन्ने प्रश्न उठेको थियो,’ उनले भने, ‘पछि एकदमै राम्रो क्यारेक्टर विल्ड अप गर्यो । एकदमै हार्डवर्क गर्यो ।’ फिल्म युनिटले रियल लाइफ क्यारेक्टर नै खोजेकाले आफूँ छनौट भएको उनले सुनाए । ‘एक्टिङको धेरै एक्सपेरिन्यन्स त छैन । एक्टिङ नै सिकेको छैन,’ उनले भने, ‘फिल्म युनिटले तपाईं जे हो त्यही देखिनुस् भन्नु भयो । त्यसैले पनि सजिलो भयो ।

अभिनेता प्रमोद अग्रहरि फिल्ममा निर्देशकको इमेजमा काम गरेको बताउँछन् । फिल्म कस्तो छ ? भन्ने प्रश्नको उत्तर भदौ ६ मा नै पाउँने उनी बताउँछन् । ‘फिल्म कस्तो छ ? भनेर भदौ ६ श्री कृष्ण जन्माष्टमीको दिनमा नै उत्तर पाउँनु हुने छ,’ उनले भने ।

फिल्म चल्छ कि चल्दैन ? भन्ने प्रश्नको उत्तरमा फिल्मकी निमात्री समेत रहेकी अभिनेत्री नम्रता श्रेष्ठले राम्रो फिल्म भए चल्ने बताइन् । ‘फिल्म नचल्ने भनेको नै फिल्म नराम्रो भएर हो,’ उनले भनिन्, ‘राम्रो फिल्म बनेको छ भने अवश्य चल्छ । टिमले जुन किसिमको हाडवर्क गरेका छौं त्यो हिसाबले त फिल्म चल्छ ।’ फिल्म बनाउँने काम भएकाले फिल्म नचले पनि फिल्म बनाउँन नछाड्ने उनले सुनाइन ।

फिल्मको स्क्रिप्ट पढ्दा आफूँलाई पाए जुनसुकै फिल्ममा पनि काम गर्ने उनको भनाई छ । डिफ्रेन्ट जनराको फिल्ममा काम गर्न रुचाउँने सुनाइन । कटामरि फिल्मस्को ब्यानरमा बनेको फिल्मलाई नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरम प्रस्तत गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button