म्याग्दीमा चट्याङ पर्दा ७० भेडा मरे

पोखरा न्यूज – ३२, साउन ।  म्याग्दीमा चट्याङका कारण  ७० वटा भेडा मरेका छन् ।

शुक्रबार राति करिव साढे नौ बजेको समयमा परेको  चट्याङका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धार खयर लेकमा रहेको भेडी गोठमा  रहेका ७० वटा भेडा मरेको प्रहरीले जनाएको छ ।

भेडी गोठमा राजेश तिलिजा, मिन बहादुर गुरुङ, दिल बहादुर शेरपुञ्जा, लाल बिर तिलिजा, तिल बिर तिलिजा, यम बहादुर तिलिजा र कमल तिलिजाको संयुक्त लगानी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button