पोखराका मेयर अपाङग व्यक्तिको अभिभावक बन्न नसकेको गुनासो

दीननाथ बराल, पोखरा न्यूज -३२, साउन ।  अपाङगता भएका व्यक्तिहरुको लागि पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी अभिभावक बन्न नसकेको भन्दै  पोखरा क्षेत्रका अपाङगता भएका व्यक्तिहरुले गुनासो गरेका छन्।

सृजनशिल अपाङग समाजको शनिबार पोखरामा सम्पन्न भएको २० औं बार्षिक साधारण सभा तथा तिज विशेष कार्यक्रममा बोल्ने अधिकाशं अपाङगता भएका व्यक्तिहरुले पोखरा महानगरपालिकाले आफुहरुलाई अभिभावकिय भुमिका निभाउन नसकेको गुनासो गरेका हुन्।

गण्डकी प्रदेशका सांसद रामजी बराल (जिवन) ले कार्यक्रमको उद्घाटन गर्दै अपाङगता भएका व्यक्तिहरुको हकहितको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले स्थानिय देखि प्रदेश सरकारसंग अपाङगता भएका व्यक्तिहरुको हकहितको लागि आवश्यक सहयोग जुटाउन विशेष पहल गर्ने वचन दिएका हुन्।

समाजका अध्यक्ष विश्व सिग्देलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोम शर्मा, पोखरा महानगरपालिका-३ का वडा सदस्य लक्ष्मी पराजुली, मेरुदण्ड पक्षघात संघका अध्यक्ष हरी कृष्ण शर्मा, संस्थाका संरक्षक जगन्नाथ सुवेदी, शिक्षा सेवी सुर्य खड्का विखर्ची, पोखरा महानगरका अपाङगता परिचय पत्र वितरण समितिका सदस्य गंगा बहादुर खड्का, सृजनशिल सहकारीका अध्यक्ष फडिन्द्र प्रसाद पौडेल, समाजका उपाध्यक्ष शंकर बाँस्तोला, महासचिव नवराज अधिकारी, कोषाध्यक्ष गोमा वानिया, स्थानिय विश्वशंकर ख्वाउजु, जमुना पौडेल, जनकल्याण सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष टिकाराम पंगेनी लगायतले अझै पनि अपाङगता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको गुनासो गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button