पोखराको पुरानो टुडिखेलमा तिज मेला हुने

दीननाथ बराल, पोखरा न्यूज -३२, साउन ।  पोखराको ऐतिहासिक स्थल पुरानो टुडिखेलमा यस बर्षदेखि वाइवाइ तिज मेला हुने भएको छ ।

“हाम्रो सस्कृती हाम्रो पहिचान लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ भदौं ११ देखि १७ गतेसम्म मेला हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

वाइवाइ चाउचाउको मुख्य प्रायोजन र पुष्पान्जली फेसन एन्ड इभेन्टको आयोजना र इन्द्रेणी एकीकृत बिकास केन्द्रको सह-प्रायोजनमा मेला हुने भएको कार्यक्रम संयोजक शोभा गौतमले बताइन् ।  मेलामा मौलिक तिज गीत प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा विजेतालाई ३० हजार एक सय एक, उप-विजेतालाई २० हजार एक सय १, तेस्रो हुनेलाई १० हजार एक सय १, शान्त्वना हुने दुई समुहलाई जनही ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुतीः हुने भएको छ ।

मेलामा स्थानिय उत्पादन सहितका व्यापारीक स्टलहरु रहने भएको केन्द्रका अध्यक्ष एवं सहसंयोजक भानुभक्त अधिकारीले बताए । मेला सम्पन्न गर्न २२ वटा विभिन्न उप-समितिहरु गठन गरिएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button