भारतमा हुने ह्याण्डबल प्रतियोगितामा सहभागि हुने नेपाली महिला टोलीलाई पोखरामा विदाई

दीननाथ बराल, पोखरा न्यूज -०१, भदौ । आठौं एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागि हुन नेपाली महिला टोली भारत प्रस्थान गरेको छ । १५ देखि १८ बर्ष मुनिका खेलाडीहरु सहभागि युथ च्याम्पियनशिप प्रतियोगितामा सहभागि हुन नेपाली टोली मोनिका थापाको कप्तानीमा आइतबार पोखराबाट भारत प्रस्थान गरेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

टोलीलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगर, प्रदेश सांसद एवं संघका केन्द्रिय उपाध्यक्ष मोहन रेग्मी, संघका अध्यक्ष तेज बहादुर गुरुङ, संघ कास्कीका पूर्व अध्यक्ष शेरबहादुर गुरुङ लगायतले खेलाडीहरुलाई अग्रिम सफलताको शुभकामना सहित सफल यात्राको कामना गर्दै खेलाडीहरुलाई फुल माला र अविर लगाएर विदाई गरिएको छ ।

खेलको अन्तिम समयसम्म खेलको मैदान नछाड्न आग्रह गर्दै मन्त्री पुनले अनुशासित भएर खेल प्रर्दशन गर्न खेलाडीलाई सुझाव दिइन्। उनले भनिन्“हामीले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गराउनु पर्नेमा घरमा घाँस काट्दै गरेकालाई खेलमा सहभागि गराउदा सोचे अनुसारको नतिजा हासिल हुन सकेको छैन्। ”

प्रदेश सांसद मोहन रेग्मीले खेलको माध्यमबाट महिलाहरुलाई शासक्तिकरण गर्नूपर्ने बताए । संघका अध्यक्ष तेज बहादुर गुरुङले ह्याण्डबल खेलको इतिहासमै पहिलो पटक प्रतियोगितामा नेपाल सहभागि भएको बताए । १० देश बिच हुने प्रतियोगितामा नेपालको काँस्य पदकको सम्भावना रहेको उनले जनाए ।

१६ जना खेलाडी सहित २० जनाको टोली भारतको जयपुरमा भदौं ४ गतेदेखि संचालन हुने प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाउने भएको अध्यक्ष गुरुङले जनाए । उनका अनुसार नेपाली टोलीले पहिलो चरणमा ४ वटा देशसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । नेपालले भदौं ४ गते चाइनासंग, भदौं ५ गते भारतसंग, भदौं ६ गते काजकिस्तान र भदौं ७ गते मंगोलीयासंग प्रतिष्प्रर्धा गर्ने भएको टिम म्यानेजर शान्ति थापाले बताइन्।

नेपाली टोलीमा कप्तानसहित पोखरा क्षेत्रबाट १० जना अन्य उदयपुर, दाङबाट सहभागि भएका हुन्। सहभागि खेलाडीहरुमा उप-कप्तान दिप्ती गुरुङ, खेलाडहरुमा आकृति गुरुङ, योगिता गुरुङ, ज्योति गुरुङ, स्वेता गुरुङ, दिपिका गुरुङ, स्मृति गुरुङ, कोमली खड्का, सुनिता राई, अन्जना मल्ल, युकला रोक्का र आर्जु राउत रहेकाछन्।

नेपाली टिमको करिब दुई साता जसो पोखरामा ह्याण्डबल एकेडेमीमा प्रशिक्षण भएको संघ कास्कीका कार्यवाहक अध्यक्ष चित्र थापाले बताए । नेपाली टिमको मुख्य प्रशिक्षकमा हिमाल दाहाल, प्रशिक्षकमा रन्जना राई र अफिसियलमा नरेन्द्र जोशी रहेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button