पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु एक गम्भिर घाइते

दीननाथ बराल, पोखरा न्यूज – १, भदौं । पोखरामा दुई मोटरसाइकल एक आपसमा ठक्करखादा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएकाछन्।

पोखराको औद्योगिक क्षेत्रमा गएराति करिब १ः३० बजे दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खादा पोखरा १३ मियापाटनका ४० बर्षीय देवदास गुरुङको मृत्यु भएको छ भने पोखरा २६ बुढिबजारका २६ बर्षीय अनिल अधिकारी गम्भिर घाइते भएका छन्।

गुरुङको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमाटम पछि उनका आफन्तलाई बुझाइएको छ भने घाइते अधिकारीको गण्डकी मेडिकल कलेजको सघन कक्षामा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको भएपनि  त्यहाँ  उपचार हुन्  नसकेपछि फिस्टेल हस्पिटलमा लगिएकोमा  गुरुङलाई हस्पिटलले मृत घोषणा गरेको थियो । अर्का घाइते अधिकारीलाई फिस्टेलले मणिपाल शिक्षण अस्पताल रिफर गरेको थियो भने पछी त्यहाँबाट पनि अधिकारीलाई जिएमसीमा रिफर गरिएको हो ।

ग४प २२५४ नम्बरको मोटरसाइकल र ग १० प ४७५० नम्बरको मोटसाइकल एक आपसमा ठक्कर खादा दुबै मोटरसाईकल चालक सडकमा लड्न पुग्दा गुरुङको मुत्यु भएको हो भने अधिकारी गम्भिर घाइते भएका हुन्।

ग १० प ४७५० नम्बरको मोटसाइकल चालक अधिकारी हालसम्म अचेत अबस्थामा रहेको अस्पताल श्रोतले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button