गरिब दीनदुखीलाई सहयोग पुर्‍याउने उद्देश्यले पोखराका ३ ठाउँमा कपडा बैंक

पोखरा न्यूज -०१, भदौ । पोखराका ३ ठाउँमा कपडा बैंक खुलेको छ । गरिब दीनदुखीलाई सहयोग पुर्‍याउने उद्देश्यले सिर्जनाचोक, जरेवर र नागढुंगामा कपडा बैंक खुलेको हो ।

मानिसले आफुलाई प्रयोग नभएका लत्ताकपडा  कपडा बैंकलाइ सहयोगका रुपमा प्रदान गर्दछन भने  बैंकले  गरिब दीनदुखीलाई त्यस्ता कपडा हस्तान्तरण गर्न  सहयोग गर्छ ।

तिन सामाजिक संस्था लायन्स क्लब, रोट्र्याक क्लब अफ अन्नपूर्ण र नेपालका लागि नेपालीले पोखरामा कपडा बैंक सञ्चालनमा ल्याएका हुन् ।

 

कपडा बैंक सञ्चालक संस्थामध्येको नेपालका लागि नेपाली संस्थाका अध्यक्ष नारायणहरि तिवारीले दैनिक ४, ५ झोला कपडा पनि सहायोग आउँन थालेको बताउँछन् ।

दैनिक ४० देखि ४५ जनालाई कपडा बाड्दै आएको कपडा बैंकले छिट्टै तालचोकमा पनि कपडा बैंक सुरु गर्ने उनी बताउँछन् । ‘हामी गरिब दीनदुखीलाई मुस्कानसहति सेवा दिन्छौं,’ उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button