पोखरामा एसपी, डिएसपी चिनेको छु भन्दै बार्गेनिङ गर्ने पक्राउ

पोखरा न्यूज -०१, भदौ ।  एसपी, डिएसपी चिनेको छु भन्दै बार्गेनिङ गर्नेलाई पोखरामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी, डिएसपीलाई चिनेको छु भन्दै रकम बार्गेनिङ गरेको भन्दै कार्यालयमा उजुरी परेपछि अभियुक्त लाई नियन्त्रणमा लिएको हो ।  गत साउन १ मा पोखरा महानगरपालिका १८ बस्ने बिनोद बहादुर भट्टराईलाई ३ युवाले कुटपिट गरेको घटनालाई लिएर रकम बार्गेनिङ गर्ने बिनादे बहादुर भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भट्टराईले प्रतिवादीको परिवारसंग सम्पर्क गरी मैले एसपी, डिएसपी चिनेको छु मुद्दा मिलाउने भए ३ लाख ५० हजार देउ नत्र ३ वर्ष जेलमा बस्नु पर्ला भनि पटक पटक सम्पर्क गरेर रकम मागेपछि आफन्तहरुले प्रहरी कार्यालयमा आएर उजुरी दिएका थिए ।

‘मैले एसपी, डिएसपी चिनेको छु, मुद्दा मिलाउनका लागि ३ लाख ५० हजार लाग्छ भन्दै फोन सम्पर्क गरेर रकम माग्नु भएछ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले भने, ‘पटक पटक रकमको बार्गेनिङ गर्ने, नत्र ३ वर्ष जेल बस्नुपर्छ भनि बारम्बार फोन गरिसके पछि पिडितका आफन्त हामीकहाँ आउनुभयो ।’

पिडित पत्त प्रहरी कहाँ आई सकेपछि प्रमाण लिएर आउन पठाएको उनले सुनाए । ‘हामीले प्रमाण लिएर आउन भन्यौ, उहाँहरुले कल रकर्ड लिएर आइसकेपछि हामीले पक्राउ गर्यौ,’ उनले भने । पक्राउ परेका भट्टराईलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउँने उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button