भ्रमर्ण बर्ष २०२० लाई सफल पार्न पोखरामा प्रदेश स्तरीय नेटवर्क गठन

पोखरा न्यूज -०१, भदौ ।  नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पर्वतीय खेलकुद महासंघ नेपाल, गण्डकी प्रदेश स्तरीय नेटवर्क गठन भएको छ ।  गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको संयोजकत्वमा पर्वतीय खेलकुद महासंघ नेपालका केन्द्रिय कोषाध्यक्ष मेघराज पौडेलको सहभागितामा पोखरामा आइतबार भएको एक भेलाबाट १६ सदस्यीय नेटवर्क गठन भएको हो ।

नेटवर्कको सदस्यहरुमा भु बहादुर गुरुङ (गल्फ), गोपी भट्टराई (विच स्पोर्टस), भरत राज शर्मा (वाटर स्पोर्टस), शिसिर सुवेदी (मोटर स्पोर्टस), शंकर भण्डारी (साइक्लिङ), योगेश भट्टराई (प्याराग्लाइडिङ), शंकर थकाली (आर्चरी), निम बहादुर मगर (र्याफटिङ तथा क्यानोइङ), केशव बहादुर थापा (सहारा क्लव), कर्मा गुरुङ (घोडचडी), गज बहादुर गुरुङ (एथलेटिक्स), रामचन्द्र कोइराला (स्केटवोर्डिङ), मनोज थापा (एडभेन्चर स्पोर्टस), युवराज गुरुङ (हाइ अल्टिच्युट) र प्रकाश वराल (ट्रायथोलन) रहेका छन ।

पर्वतीय खेलकुद महासंघ नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रदेशमा उक्त नेटवर्क स्थापना गरिएको महासंघका कोषाध्यक्ष पौडेलले बताए । उनले भने “ यस क्षेत्रमा भएका पर्वतिय खेलकुदको प्रवर्द्धन गरी पर्यटन प्रवर्द्धनमा समेत थप टेवा पुग्ने हामीले विश्वास लिएकाछौं । ”

प्रदेशस्तरीय मन्त्रालय, सरकारी निकाय, विभिन्न संघ संस्था तथा नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय समिती संग आवश्यक समन्वय तथा सहकार्य गरी सहासिक तथा पर्यटकीय खेलकुद सम्बन्धी विभिन्न कार्यक्रमहरु गरिने भएको प्रदेश संयोजक विष्टले बताए । पोखरामा गण्डकी रन, हाइ अल्टिच्युड रक क्लाइम्बिङ टुर्नामेन्ट, अन्तराष्ट्रिय स्तरको परम्परागत आर्चरी फेस्टिभवल, प्याराग्लाइडिङ प्रतियोगिता, पोखरा वाटर फेस्टिवल, गल्फ प्रतियोगिता, ट्रान्स हिमालय मोटर र्याली लगायतका कार्यक्रमहरु गरिने महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button