पोखरा रंगशालाको फुटबल मैदानमा भारतीय दुबो रोप्ने तयारी

दीननाथ बराल,  पोखरा न्यूज – ०२, भदौं ।  नेपालीहरुको महान पर्व विजया दशमी पर्व अघि नै पोखरा रंगशालामा भारतको कोलकत्ताबाट दुवो ल्याई पोखरा रंगशालाको निमार्णाधिन फुटबल मैदानमा रोपिने भएको छ । पोखराको वातावरण अनुकुल हुने गरी कोलकत्ताबाट दशैं पर्व अघि नै दुवो ल्याइ पोखरा रंगशालाको निर्माण हुँदै गरेको फुटबल मैदानमा रोपिने निर्माण कम्पनीका हरि बाबु न्यौपानेले बताए ।

उनले भने “पोखरा रंगशालाको फुटबल मैदान भरीका लागि बर्मोडा ग्रास कोलकत्ताबाट ल्याउनको लागि अग्रिम बुकिङ समेत गरि सकेका छौं । ” फुटबल मैदान निर्माणको अन्तिम घडिमा आर्टिफिसियलबाट नेचुरल फुटबल मैदान निर्माण गर्ने निर्देशन पाएसंगै आफुहरुले पोखराको वातावरण अनुकुल हुने गरी कोलकत्ताबाट दुबो ल्याउन लागेको उनले जनाए ।

वुटबलमा र कोलकत्तामा हेरिएको दुबो मध्ये प्राविधिक र वातावरणिय हिसाबले कोलकत्ताको दुबो पोखरामा अनुकुल हुने भएकाले उक्त दुवो ल्याउने भएको निर्माण कम्पनीका न्यौपानेले जनाए । दुबो भारतबाट कार्पेट जसरी रोलिङ गरेर ल्याउने र त्यसै गरी मैदानमा बिच्छाउने न्यौपानेले बताए । करिब डेढ महिना अघि नै दुबो पोखरा रंगशालाको फुटबल मैदानमा बिच्छाउने जुन दुबो एक/डेढ महिना पछि आफै मैदानमा सर्ने  उनले बताए ।

दुबो गाडीमा लोड गरेको चौथो दिनसम्म मैदानमा बिच्छाउनु पर्ने अन्यथा दुबो मर्न सक्ने न्यौपानेले जनाए । दशैं पर्व अघि नै दुबो बिच्छाउने तयारी भएको उनले जनाए । आगामी डिसेम्बर १ देखि १० तारिख अर्थात १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने महिला फुटबल प्रतियोगिताको लागि आफुहरुले फुटबल स्टेडियम निर्माण गरी सक्ने र हाल निर्माण कार्य द्रुत गतिमा अघि बढेको न्यौपानेले जनाए । पोखरा रंगशालाको हाल फाउण्डेसनको काम भएको उनले बताए ।

प्रोजेक्ट आफुहरुको लागि अग्नी परिक्षा नै भएको दाबी गर्दै न्यौपानेले भेनु परिवर्तनको कुरा जो कसैले अब नगर्न आग्रह गरे । तोकिएको मितिमा आफुहरुले कुनै पनि हालतमा निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गर्ने उनले दाबी गरे । उनले भने “अहिले जस्तो सबै क्षेत्रबाट चिन्ता र चासो भई दिएको भए हामीलाई काम गर्न धेरै सहज हुने थियो, हामीलाई विना डिपिआर काम गर्न लगाइयो पछि आर्टिफिसियलबाट नेचुरल मैदान बनाउन निर्देशन दिइयो यस्ता कारणले गर्दा हामीलाई केही कठिनाई अवश्य पर्छ । ”

डबल लग सिस्टममा निर्माण हुने प्यारापिटको आवश्यक सामाग्रि पोखरामा ल्याएको १५ दिनमै जडान कार्य सहितको फिनिसिङ हुने उनले दाबी गरे । उनले भने “यसमा नट बोल्ट कस्नुपर्ने हुँदैन , डबल लग सिस्टम भएकाले एक अर्कोसंग अन्तरसम्बन्धित हुन्छन, नेपालगन्जमा हालै निर्माण भएको प्यारापिट भन्दा फरक किसिमको हामीले पोखरामा बनाउदैछौं ।” कुनै पनि हालमा महिला फुटब =ल खेल पोखरामा संचालन हुने गरी आवश्यक फुटबल मैदान सहितको प्यारापिट तयार गर्न आफुहरु कटिबद्ध भएको निर्माण कम्पनीका न्यौपानेले दाबी गरे ।

उनले भने “ हाम्रो कम्पनीको लागि यो एउटा अवसर हो हामीले कुनै पनि हालतमा साग गेम हुनुभन्दा केही दिन अघि सम्पूर्ण रुपमा फुटबल मैदान सहितको अन्तराष्ट्रिय प्यारापिट निर्माण गरीदिन सक्छौं, यसमा अब कसैले चिन्त्ता र चासो लिनु पदैन्। ” राज्यको लागि मैदानको अन्य विकल्प भए पनि आफुहरुको लागि भने त्यसको विकल्प कुनै ठाउँ नभएकोले आफुहरुले रात साझँ गरेर भए पनि निर्धारित समयमा निर्माण कार्य सकेर साग गेम्स संचालनको वातावरण दिलाउन सक्ने उनले जनाए ।

राखेप सदस्य सचिव रमेश शिलवाल, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मासंग आफुहरुले वचन समेत दिएकोले तोकिएको मिति भित्रै योजना सक्ने आफुहरु कटिबद्ध भएको न्यौपानेले जनाए । उनले भने “भेनु परिवर्तन गर्ने कुनै कुरा नसोचौं, मेरो लागि यो गर्नु अपराध हो ।” आर्टिफिसियल फुटबल मैदान निर्माण गर्ने भनि गिटी विच्छाएर काम अघि बढेको अवस्थामा पुनः उठाउदा आर्थिक भार बढेसंगै निर्माणमा केही ढिलाई भएको उनले प्रतिक्रिया दिए । ६ महिना अघि नै गेम्स हुन्छ र मर्मत कम खर्चिलो हुन्छ भन्ने कुराको आधारमा आर्टिफिसियल बनाउने कुरामा सहमत भएको उनले जनाए ।

एन्फा कास्कीले गत बर्ष करिब फुटबल मैदान निर्माण गर्न करिब १० लाख भन्दा बढी खर्च गरेकाले हरेक बर्ष बजेट जुटाउन कठिन हुने अवस्थाको आधारमा पनि आफुहरुले आर्टिफिसियल मैदान निर्माण गर्न दिएको सुझाव पहिलो मान्य भएपछि एकाएक परिवर्तन हुन गएको उनले गुनासो गरे । सदस्य सचिव र मन्त्रीले प्राकृति रुपमै फुटवल मैदान आवश्यक पर्छ भनि  निर्देशन दिएकाले नेचुरल फुटवल मैदान निर्माण गर्न लागि परेको कम्पनीले जनाएको छ ।

भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा निमार्ण गर्न लागेको हो । एक अर्ब २८ करोडको लागतमा १८ हजार ५ सय दर्शक क्षमताको फुटबल प्यारापिट निर्माण हुने जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । पोखरामा फुटबल दर्शक धेरै भएकाले दर्शक क्षमता २० हजारसम्म पुराउन निर्माण कम्पनीलाई राखेपले समेत आग्रह गरेको राखेप सदस्य राजेश कुमार गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button