‘भिडियो पसल’ एपमार्फत न्यूनतम शुल्क तिरेर नयाँ फिल्महरु हेर्न पाइने

पोखरा न्यूज- ०३, भदौ  ।  नेपाली फिल्मको विभिन्न बजारहरुमध्ये अनलाईन डिजिटल बजार एक हो । यसमा पनि विभिन्न तरिकाले फिल्म हेर्ने परम्परा छ ।  पुराना फिल्मको हकमा नेपालमा हालसम्म बढी चलेको माध्यम भने  युट्युब मात्र हो । पछिल्लो समय आइफ्लिक्स र नेटफ्लिक्सको  प्रयोग गर्न थालिएको छ  ।

यतिवेला ओएसआर डिजिटलले अनलाइनको त्यस्तै  एप भिडियो पसल’ सार्वजनिक गरेको छ ।   नेपाली फिल्म र नेपालीका लागि ‘भिडियो पसल’को सम्पूर्ण व्यवस्थापन अधिकार ओएसआर डिजिटलसँग सुरक्षित राखिएको ओएसआर डिजिटलले जनाएको छ  । ‘भिडियो पसल’ अन्य देशरुमा समेत उपलब्ध छ ।

ओएसआर डिजिटलले एक विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा संचालन भैरहेको ‘भिडियो पसल’ एप नेपालमा संचालनमा आएको जनाएको हो । प्रबन्ध निर्देशक ओम अग्रवालद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘भिडियो पसल’ नेपाली फिल्म क्षेत्रको संरक्षण तथा प्रवर्द्धन साथै बजारको दायरालाई फराकिलो बनाउन संचालनमा ल्याइएको बताइएको छ ।

हलमा रिलिजकै दिन पनि ‘भिडियो पसल’मा फिल्म रिलिज गर्न सकिने योजना रहेको बताइएको छ ।  हाललाई रिलिज भैसकेको फिल्मलाई विश्वभरीका दर्शक समक्ष एकै पटक पुराउने लक्ष्यले ‘भिडियो पसल’ संचालनमा ल्याइएको दावी गरिएको छ  । ‘भिडियो पसल’ मा न्यूनतम शुल्क तिरेर नयाँ नयाँ फिल्महरु हेर्न पाईनेछ । केही फिल्महरु भने निशुल्क हेर्ने व्यवस्था पनि गरिएको छ ।

मोबाइल एपबाट विश्वको कुनै पनि कुनाबाट यो एप्स प्रयोग गरि नेपाली फिल्म हेर्न सकिनेछ । निर्माताहरुका  लागि यो नयाँ बजार हुन सक्ने अनुमान छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button