लिटिल स्टेप छात्र-छात्रा यू-१२ ह्याण्डबल प्रतियोगितामा ३२ टिम सहभागि हुने

दीननाथ बराल, पोखरा न्यूज – ०३, भदौं ।  पोखरा-८ सिमलचौरमा रहेको लिटिल स्टेप माविको आयोजनामा यही भदौं ५ गते (बिहिबार)देखि पोखरामा शुरु हुने १२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू-१२) छात्र/छात्रा ह्याण्डबल प्रतियोगितामा ३२ टिमको सहभागिता हुने भएको छ ।

भदौं ७ गतेसम्म संचालन हुने प्रतियोगितामा छात्रतर्फ २१ टिम र छात्रातर्फ ११ टिम सहभागि हुने विद्यालयका संस्थापक निर्देशक शेरबहादुर गुरुङ्गले बताए । प्रतियोगिताको विजेतालाई जनही १० जहार, उप-विजेतालाई जनही ७ हजार र तेस्रो हुनेलाई नजही ५ हजार सहित  शिल्ड, मेडल र प्रमाण-पत्र वितरण गरिने भएकोछ । प्रतियोगितामा उत्कृष्ट र हाइस्कोररलाई ट्रफीको साथमा पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख खर्च लाग्ने विद्यालयले जनाएको छ ।

प्रतियोगितामा १२ वर्ष उमेरसम्मका साथै हाल कक्षा ५ सम्म नियमित अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने भएको उनले बताए । ह्याण्डबल खेलको तल्लो स्तरबाट विकास गराउदै अध्ययन अध्यापनका साथसाथै विद्यार्थीहरुको शारीरिक, मानसिक एवम् बौ द्धिक क्षमताको विकासका लागि यस प्रतियोगितालाई निरन्तरता दिदै आएको संस्थापक निर्देशक गुरुङले जनाए ।

प्रतियोगिता सम्पन्न गर्न विनोद गिरीको संयोजकत्वमा विभिन्न तयारी उपसमिति समेत गठन गरिएको विद्यालयका संस्थापक प्राचार्य पम्फा गुरुङले बताइन्। प्रतियोगिताले खेलाडी उत्पादन गर्न थप मद्धत पुगेको उनले विश्वास व्यक्त गरिन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button