पोखरा न्यूज – ०४, भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधबार सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
पोखरातर्फ आउदै गरेको बा २० च ६३१३ नं को गाडी र विपरीत दिशाबाट जाँदै गरेको ग १४ प ५८३२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटना परि मोटरसाइकल चालक बन्दीपुर गाउँपालिका – ०१ का १९ बर्षिया मनिष खड्की र पछाडी सवार १८ बर्षीय सन्दिप साही घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते दुवैको रत्नहरि अस्पताल दमौलीमा उपचार भैरहेकोमा चालक खड्कीलाई थप उपचारको लागि चितवन पठाउने र साहीलाई सामान्य उपचार पश्चात डिस्चार्ज गर्ने तयारी भैरहेको डिएसपी लीलाराज लामिछानेले बताए ।
गाडी र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।