ट्रान्सफर्मर भित्रको तार चोरी

पोखरा न्यूज – ०४ , भदौं । सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित गुटबजारमा बिजुलीको ट्रान्सफर्मर भित्रको तार चोरी भएको छ ।

केही दिन अघि नै ट्रान्सफर्मरभित्रको तामाको तार चोरी भए पनि बल्ल थाहा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

चोरहरुले ट्रान्सफर्मरभित्र रहेको झण्डै १२० केजी बराबरको क्वाइल तामाको तार निकालेर लगेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिँचाइको लागि प्रयोग हुँदै आएको ट्रान्सफर्मरको तार चोरहरुले लगेपनि अन्य काम नलाग्ने सामान त्यतिकै छोडिएको अवस्थामा फेला परेको जिल्लास्थित विद्युत् प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर चोरी भएसँगै यस क्षेत्रका झण्डै ३०० परिवार समस्यामा परेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button