चीनमा मुसलधारे वर्षाका कारण ९ को मृत्यु, ३५ बेपत्ता

पोखरा न्यूज – ०५, भदौ ।  चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको छ ।

स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु ३५ जना बेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ । बुधबारसम्म यस घटनामा परी २६ बेपत्ता भएका थिए ।

देशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबारबाट मुसलधारे वर्षा शुरु भएको अधिकारीहरूले जनाएका छन् ।

बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि शुरु भएको प्राकृतिक प्रकोपबाट अन्य छ जना घाइते भएका थिए भने, एक लाखभन्दा बढी विस्थापित भएका थिए । विस्थापित भएकाहरूलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरूले जनाएका छन् ।

प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरूलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरू पु¥याउदै गरेको जनाएको छ ।

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक पनि वेन्चाउ क्षेत्रमा अलपत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै अड्किएका पनि अधिकारीले जनाएका छन् ।

स्थानीय अधिकारीहरूले अप्ठ्यारोमा परेका पर्यटकहरूको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन् ।अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलगायत राहत वितरण कार्य जारी रहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button