गण्डकी प्रदेश सरकारले ४ महिनामा १५ लाख पर्यटक भित्र्याउने

दीननाथ बराल, पोखरा न्यूज – ०५, भदौ ।  गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमर्ण बर्ष बनाएको सन्दर्भमा अबको ४ महिनामा १५ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ ।

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले रेष्टुरेण्ट तथा बार एसोसियसन (रेबान) पोखराको २५ औं बार्षिक साधारण सभाको बिहिबार पोखरामा उद्घाटन गर्दै  आगामी ४ महिना भित्र गण्डकी प्रदेशमा १५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने सरकारले लक्ष्य राखेको बताएका हुन्।

उनले भने “प्रदेशको भ्रमण बर्ष सकिन ४ महिना बाँकी छ, अब नेपालीहरुको महान पर्व विजया दशमी पर्व आउदैछ, यस अवसरमा प्रदेश सरकारले प्रदेशका कर्मचारीलाई केही दिन विदा दिएर तथा विद्यालय एवं कलेजका विद्यार्थीहरुलाई घुम्न जाने वातावरण सृजना गरेर भए पनि पर्यटन प्रवर्द्धन गर्ने पक्षमा हामी छौं । ” प्रदेशका ८५ स्थानिय तहमा करिब २ हजार २ सय कर्मचारीहरु रहेकोले उल्लेख गर्दै उनले अझै पनि कर्मचारी व्यावस्थापनमा समस्या रहेको जनाए ।

नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखे पनि प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको उनले जनाए ।  प्रदेशमा पर्यटनको अथाह सम्भावना देखेरै अध्ययन गरेरै विज्ञहरुको राय सल्लाहको आधारमा विकासको मुल आधार पर्यटनलाई बनाएको उनले जनाए ।

पोखरामा धेरै पर्यटकहरु भित्राउन निजी क्षेत्रले दक्ष जनशक्ति उत्पादन गरी आगन्तुक पाहुनालाई उनीहरुको रोजाई अनुसारका खानाको परिकार दिन मन्त्री लम्सालले सुझाव दिए । देशका विभिन्न ठाउँबाट प्रदेश सहित प्रदेशको राजधानि पोखरामा पर्यटकहरुलाई ल्याउन विज्नेस टु विज्नेस अवधारणा समेत अघि बढाउने भएको मन्त्री लम्सालले बताए ।

केही निजी कम्पनीहरुले पोखरामा लगानी गर्न खोजेको बताउदै उनले जग्गा समस्या रहेकोले उनीहरुलाई लगानी गर्ने वातावरण मिलाउन जग्गा व्यवस्थापनमा सहजिकरण गर्ने बताए । उनले भने “पोखरा सहित प्रदेशको पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्रसंग के कस्तो सहकार्य वा समन्वय गर्नु पर्यो तपाईहरु हामीसंग आउनुहोस हामी तयार छौं ।”

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डि.एस.पी.कोमल शाहले पोखराको लेकसाइडमा शान्ति सुरक्षाको आफुहरुले प्रत्याभुति गराएको बताए । उनले भने “केही समुहले पोखराको शान्ति सुरक्षालाई असर पार्ने गरी अनावश्यक काण्ड मच्चाएका छन्, लेकसाईडमा कहाँ चोरी भएको छ, वडा कार्यालयमा भएको चोर पक्राउ गरेका छौं, प्रहरीले कुन व्यवसायलाई र कुन पर्यटकलाई असर पारेको छ ।” शान्ति सुरक्षामा कुनै कमजोरी नभएको उनले दाबी गरे । डिएसपी शाहले लेकसाईड क्षेत्रमा ग्याङ फाइट हुन नदिने बताउदै मादक पदार्थ सेवन गरी हिडेको भरमा हो-हल्ला गरेको र केटी तानातान भएको भन्न नमिल्ने जनाए ।

रेवान पोखराका अध्यक्ष भिमशेन भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष संजिव बहादुर कोईराला, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोख्रेल, रेवान पोखराका सल्लाहकार सुर्य भुजेल, गणेश बहादुर भट्टराई लगायतले राज्यले पर्यटन क्षेत्रमा कम लगानी गरेको गुनासो गरे ।

रेवान पोखराले जस्मिन थाइचाई रेष्टुरेण्ट, औरा बार एण्ड लाउन्ज प्रा.लि., सम्राट चन्दुरी रेष्टुरेण्ट र ड्यामसाइड पोखरा प्रालि.लाई गरी ४ वटा नयाँ रेष्टुरेण्टलाई सदस्यता समेत दिएको छ । रेवान पोखराले पोखरा सडक महोत्सव, होली उत्सव, मिनी सडक महोत्सव तथा खाना प्रवर्द्धन कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Bikash ji please hire me as your tourism adviser if you want to be successful ministry of tourism. Cause since 1998 I am a senior tourism Interpernior

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button