गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

पोखरा न्यूज – ०६, भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गरेका छन्  ।

बेलायतस्थित तमू धीं नामक संस्थाले सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी हुन उनि धर्मपत्नी कुमारीमुनी गुरुङसँगै त्यसतर्फ प्रस्थान गरेका हुन्  ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आगामी आइतबारदेखि शुरु हुने नेपाली मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिका रुपमा त्यसतर्फ गएका हुन्  ।

बेलायत बसाइका क्रममा उनले नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुनाका साथै स्वदेशमा लगानीका लागि नेपालीहरूलाई आग्रह गर्ने र नेपाल भ्रमण वर्षका लागि वातावरण बनाउने बताइएको छ ।

मुख्यमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने  उनका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले बताए  । मुख्यमन्त्री गुरुङ यही भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button