पोखरामा सडकमै जथाभावी निर्माण सामग्री राख्दा दुर्घटनाको जोखिम बढ्दो

दीननाथ बराल, पोखरा न्यूज – ०६, भदौ । पोखरा महानगरपालिका-५ प्रस्याङको सडकमै अस्तव्यस्त ढंगले निर्माण सामग्री राख्दा सडक दुर्घटनाको जोखिम बढेको स्थानियले गुनासो गरेका छन् ।डिभाइडर निर्माणको क्रममा हाल ड्रम, मिक्सचर लगायतका निर्माण सामग्री सडकमै जथभावी रुपमा राख्दा सडक दुर्घटनाको जोखिम बढेको छ ।

त्यस्तै पोखराको फिर्केखोलाको साघुरो भागमा ट्राफिक सिग्नल दिनुपर्नेमा हाल ट्राफिक सिग्नल नराख्दा थप सडक दुर्घटनाको जोखिम बढेको स्थानिय सन्दिप पौडेलले गुनासो गरे । सडक निर्माण गर्दा जथभावी रुपमा सडकमा निर्माण सामाग्रि नराख्न पटक-पटक आग्रह गर्दा हालसम्म कसैले नटेरेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक मुराहरी मिश्रले गुनासो गरे ।

उनले भने “सडकमा हुने दुर्घटना न्यूनिकरण गर्न हामीले सडकमा निर्माण सामाग्रि नराखिदिनु होला भनेर आग्रह गर्देै आएका छौं, सडकमा ट्राफिक सिग्नल राख्ने कुरामा पनि हामीसंग बजेट हुँदैन यसमा महानगरले खासै ध्यान दिएको पाइदैन । ” प्रस्र्याङमा बढी दुर्घटना भएसंगै ट्राफिक प्रहरी पोष्ट समेत प्रस्र्याङमा स्थापना गरिएको उनले बताए । सिधा र फराकिलो सडकमा जथभावी रुपमा निर्माण सामाग्रि राख्नु एम्बुसमा पारे जस्तै भएको मिश्रले जनाए ।

पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले डिभाइडर निर्माण गर्दा प्रयोग गरेका केही सामग्री हटाए पनि मिक्चर राख्ने ठाउँ नभएर हाल सडकमै रहेको जनाए । महानगरका प्रवक्ता समेत रहेका अध्यक्ष नेपालीले सडकमा हुने जोखिमलाई न्यूनिकरण गर्न आवश्यक ठाउँमा ट्राफिक सिग्नल राख्न तयार रहेको जनाए ।

उनका अनुसार पस्र्याङमा बढी सडक दुर्घटना भएकाले गत आर्थिक बर्षमा एक किलोमिटर क्षेत्रमा डिभाइडर राख्ने काम सम्पन्न भएको छ । करिब ४३ लाखमा योजना सम्पन्न भएको अध्यक्ष नेपालीले जनाए । बाँकी २ किलोमिटर क्षेत्रमा चालु आर्थिक बर्ष २०७६/०७७ मा टेण्डर आव्हान गरी निर्माण हुने उनले जनाए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button