साग भाड्ने चलखेल शुरु भयो-का.वा. सदस्य सचिव गुरुङ

दीननाथ बराल, पोखरा न्यूज – ०६, भदौ । राष्ट्रिय खेलकुद परिषदका कार्यवाहक सदस्य सचिव राजेश कुमार गुरुङले नेपालमा हुने १३ औं साग निर्धारित मितिमा गर्न नदिने चलखेल शुरु भएको बताएका छन्। शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले साग हुने मिति नजिकिदै जाँदा केही तत्वहरुले साग हुन नदिने चलखेल गर्न थालेको बताएका हुन्।

राखेप सदस्य सविच रमेश शिल्वालको नेतृत्वको टोलीलाई असफल पार्ने निहुँमा साग गेम्सलाई गर्न नदिने केही चलखेल शुरु हुन लागेको उनले जनाए । यस प्रति आफुहरु सचेत भई अब दिन गन्ती गरी साग नेपालमा भव्य र सभ्य रुपमा सम्पन्न गर्न तर्फ आफुहरु केन्द्रित हुने कार्यवहाक सदस्य सचिव गुरुङले जनाए ।

डिसेम्वर एकदेखि १० तारिखसम्म कुनै पनि हालतमा साग नेपालमा हुने दाबी गर्दै कार्यवहाक सदस्य सचिब गुरुङले काठमाण्डौं र पोखरामा साग लक्षित विभिन्न भौतिक पूर्वाधार निर्माणको गति तिव्र गतिमा अघि बढेको बताए । काठमाण्डौंमा तीन दीनमा करिब ११ खेलका खेलाडीहरु संगको घेटघाट कार्यक्रम गर्दा उनीहरुले राम्रोसंग खेल सामाग्रि प्राप्त नगरेको गुनासो गर्ने गरेको जनाए ।

बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय ह्याण्डबल टोलीसंगको भेटघाटमा उनले महिला तथा पुरुष खेलाडीहरुलाई प्रशिक्षणमा अभाव भएका कुराको बारेमा सोधपुछ गरेका थिए । राष्ट्रिय खेलाडी बिशाल बस्नेतले आफुहरुलाई तत्काल खेलाडीहरुको लागि प्रशिक्षण गर्दा प्रयोग हुने ड्सिका सामान आवश्यक भएको माग गरे ।

महिला खेलाडीहरुले भने किड्सको साथमा खाना बस्नको केही समस्या रहेको जनाए । पोखरामा निर्माण हुँदै गरेको फुटबल स्टेडिएमको अवलोकन गर्दै ठेक्दार कम्पनीलाई निर्माण कार्यको गति तिव्र पार्न आग्रह गरे । ठेक्दार कम्पनीका दीपक बराल तथा हरि न्यौपानेले आफुहरुले तोकिएको मिति भन्दा केही दीन अघि सम्ने गरी हाल निर्माण कार्यलाई तिव्रता दिएको बताए ।

हाल दैनिक जसो एक सय ३० जना कामदार सहित विभिन्न स्काभेटर, डोजर तथा टिप्पर लगायतका सामानहरु समेत प्रयोग भएको उनले जनाए । राखेपका बरिष्ठ इन्जिनियर अरुण उपाध्यायले निर्माणको गति हेर्दा काठमाण्डौं र पोखरामा द्रुत गतिमा खेलकुदको भौतिक संरचना निर्माणको काम भएको जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button