चट्याङ लागेर २ वर्षीया बालिकाको मृत्यु

पोखरा न्यूज – ०७, भदौ । बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताए ।

लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीको भनाइ रहेको छ । मृतक बालिकाकी आमा दीला सार्कीको अवस्था भने अचेत रहेको बताइएको छ । मृतक बालिकाका बुबा नोकरीको सिलसिलामा भारतमा रहेका छन् ।

चट्याङले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको छ । क्षतिको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button