ढुङ्गाले लाग्दा दुई कन्टेनरमा क्षति

 पोखरा न्यूज – ०७, भदौ । ढुङ्गाले लाग्दा सामान लिन केरूङतर्फ जाँदै गरेका दुई कन्टेनरमा क्षति पुगेको छ ।

रसुवाको  गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे क्षेत्रस्थित राजमार्गमा केरूङतर्फ जान लामवद्ध कन्टेनरमा माथीबाट हिजो(शुक्रबार) झरेको ढुङ्गाले लागेर क्षति पुर्याएको सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नम्बर गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।

ढुङ्गाले लागेर ना५ख ५८०३ तथा ना६ख ५४९७ नंको कन्टेनरमा क्षति पुगेको हो । यस्तै हिजो नै टिमुरेमा स्याउ बोकेको ना५ख ६६६६ नंको ट्रक दुर्घटना भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले हाललाई राति ९ बजेदेखि उक्त राजमार्गमा सवारीसाधन नचलाउन आग्रह गरेका छन्  । टिमुरे क्षेत्रमा चट्याङका कारण विद्युत्समेत अवरुद्ध भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button