भारतीय ट्रक र ट्याक्सी ठक्कर खाँदा एकको मृत्यु, ४ घाइते

पोखरा न्यूज – ०७, भदौ । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लीङमा ट्रक र ट्याक्सी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । मृत्यु हुनेमा काभ्रे बनेपा नगरपालिका–१० वस्ने ६४ वर्षीया राधिकादेवी बराल रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्याक्सीलाई ठक्कर दिएको थियो । एच आर ५८ ए ८१०२ नम्बरको ट्रकले बा२ज २५४ नम्बरको ट्याक्सीलाई हिजो(शुक्रबार) दिउँसो ठक्कर दिएको थियो । बरालको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ मृत्यु भएको हो ।

घाइते हुनेमा सोही स्थानका ३९ वर्षीय नारायण वराल, ६४ वर्षीया सीतादेवी अधिकारी, ३९ वर्षीया चन्द्रकला अधिकारी र ७२ वर्षीय बाबुराम अधिकारी रहेको प्रहरीले जनाएको छ । तीमध्ये सीतादेवीको अवस्था गम्भीर रहेको छ । ठक्कर खाने दुवै सवारी साधन र ट्रकका चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button