पोखराको बेगनास तालमा डुबेका युवकको प्रहरीद्धारा उद्धार

पोखरा न्यूज – ०७, भदौ । पोखरा महानगरपालिका – ३१  स्थित बेगनास तालमा डुबेका एक युवाको प्रहरीले उद्धार गरेको छ ।

शनिवार तालमा पौडी खेल्ने क्रममा  डुवेका स्थानीय २२ वर्षीय रविन भुषालको स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको हो ।

पौडी खेल्ने क्रममा भुषाल तालमा डुबेपछी सीआरभी सहित शिशुवाबाट खटिएको प्रहरी टोलिले स्थानीयको सहयोगमा उद्धार गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

भुषाललाई  उद्धार गरी उपचारको लागि लेखनाथ सामुदायिक अस्पतालमा पठाइएकोमा थप उपचारको लागि पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button