पोखरामा सहारा क्लबको स्वास्थ्य शिविर, ३ सय ६२ जनाको निःशुल्क स्वास्थ्य जाँच

पोखरा न्यूज – ०७, भदौ । पोखरामा  सहारा क्लबको आयोजनामा  शनिवार सम्पन्न बृहत  निःशुल्क स्वास्थ्य शिविरमा  ३ सय ६२ जनाले  स्वास्थ्य जाँच गराएका छन् ।

सहारा क्लबको २१ औं वार्षिकोत्सवको अवसरमा सहारा बाल आधारभुत विद्यालय, शिव टोल बसपार्कको प्राङ्गणमा आयोजित एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ८ जना पुरुष र १ सय ५४ जना महिला गरि  तिन सय  बैसठी जना लाभान्वित भएको क्लवले जनाएको छ  ।

गण्डकी मेडिकल कलेज (जिएमसी) को विशेष सहयोगमा सम्पन्न  निःशुल्क  स्वास्थ्य शिविर कार्यक्रममा  स्त्री रोग विशेषज्ञ डा. उपमा बस्नेत, भिडियो एक्सरे डा. भोजराज शर्मा , बाल रोग विशेषज्ञ डा. शैलेस श्रेष्ठ, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. राजेश महर्जन, मेडिशिन विशेषज्ञ डा. रोशन कुमार, आँखा रोग विशेषज्ञ डा. जमुना गुरुङ्ग लगायतले उपस्थित सबैको  स्वास्थय जाँच  गरेका हुन्  ।

शिविरमा आवश्यकता अनुसार भिडियो एक्सरे तथा सुगर परिक्षण  निःशुल्क गरिएको र  अन्य सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरीएको सहारा क्लबका अध्यक्ष  केशब बहदुर थापाले जानकारी दिए ।

सहारा क्लबका अध्यक्ष  केशब बहदुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको  प्रमुख अतिथि पोखरा महानगरपालिका-९ का वडा अध्यक्ष रामराज लामीछाने रहेका थिए ।

“आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लबले हरेक बर्ष आहा रारा गोल्डकपको साथमा विभिन्न सामाजिक कार्य गर्दैआएको छ ।

सहारा एकेडेमीमा हाल १३ जिल्लाका २६ जना बालकहरु आश्रित रहेका छन्।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button