तनहुँमा सवारी दुर्घटनामा १ जनाको मृत्यु, १ घाइते

पोखरा न्यूज – ०८, भदौ । तनहुँमा आइतवार सवारी दुर्घटनामा एक  जनाको मृत्यु भएको छ ।

दमौलीबाट छाब्दीतर्फ जाँदै गरेको ग १ ख २७०३ नम्बरको बसको ठक्करबाट व्यास नगरपालिका १३ कि ४० बर्षिया गोमा पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

व्यास नगरपालिका-१३ ढाड स्थित भित्री सडक खण्डको उकालो बाटोमा बस अचानक ब्याक भई पैदलयात्री पन्तलाई ठक्कर दिँदा घाईते भएको उनको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए

दुर्घटनामा अर्की  एक महिला ५० बर्षिया सावित्री अधिकारी समेत घाइते भएको प्रहरीले उल्लेख गरेको  छ   ।   प्रहरीका  अनुसार घाइते अधिकारीको  रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको छ ।

दुर्घटनाका  विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ   ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button