पहिरोबाट २० परिवार विस्थापित

पोखरा न्यूज – ०८, भदौ । अविरल वर्षापछि आएको पहिरोमा परी शैलुङगेश्वर गाउँपालिका-८ का २० परिवार विस्थापित भएका छन् ।

वडा नं ८ का वडाध्यक्ष रामेश्वर उप्रेतीका अनुसार पहिरोबाट शैलुङ्गेश्वरको थिङ टोलका सात घर, गोरख टोलका ६ घर, भरकुना खत्री टोलका चार घर, तल्लो पोखरेका दुई घर तथा दारेगौडा कार्की टोलका पाँच घरमा क्षति पुगेको छ ।

विस्थापित बासिन्दालाई स्थानीय विद्यालयमा राखिएको उप्रेतीले बताए । विस्थापितको पुनःस्थापनाका लागि शैलुङगेश्वर गाउँपालिकाका अध्यक्ष भरत दुलालले सरोकारवाला निकायसँग आग्रह गरे  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button