पत्रकार गिरीलाई सफाइ

पोखरा न्यूज – ०८, भदौ । साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार अर्जुन गिरीले अदालतबाट सफाइ पाएका छन्  । जग्गा कारोवारमा कास्कीको पोखराका व्यवसायीबाट ठगिएका दुई जनाको पीडालाई समेटेर समाचार बनाएपछि गिरीले व्यवसायीको मुद्दा खेप्दै आएका थिए ।

चार महिनापछि काठमाडौँ जिल्ला अदालतले सो मुद्दाको छिनोफानो गरेको हो । न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले गिरीलाई सफाइ दिएको हो ।

गिरीका विरुद्ध विपिन बतासले साइबर अपराध सम्बन्धी मुद्दा दायर गरेका थिए । विसं २०७६ वैशाख २ गते जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गिरीलाई पक्राउ गरी काठमाडौं लगेको थियो ।

गिरीको पक्षमा वरिष्ठ अधिवक्ता बोर्णबहादुर बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए । यसअघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button