स्याङजाकी रेजिना सम्पर्क बिहिन, पोखराको सेती नदी पुलमा झोला र सर्टिफिकेट भेटियो

दीननाथ बराल, पोखरा न्यूज – ०९, भदौ । स्याङजा चापाकोटकी १९ बर्षीया रेजिना डोटेल काठमाण्डौंबाट सम्पर्क बिहिन भएकी छन्।

शनिबार काठमाण्डौंको बसुन्धरा चोक स्थित आफ्नो दाजुको कोठाबाट  निस्केकी डोटेल हालसम्म सम्पर्कमा नआएको उनका आफन्तले जनाएका छन्। काठमाण्डौंको गोल्डेन गेटमा  कक्षा १२ मा पास गरेकी डोटेल पुलचोक इन्जिनियरिङ कलेजमा अध्ययनको लागि पूर्व तयारी कक्षा लिन भनेर कोठाबाट निस्किएको बताइएको छ ।

डोटेलको विभिन्न ठाउँमा खोज तलास गर्दा आइतबार पोखराको बाघमारा स्थित  सेतीनदी जोड्ने मझौरेघाट पुलमा झोलासहित सर्टिफिकेट भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले पोखरा न्यूजलाई  बताए । उनको हाल खोजी कार्य भैरहेको डिएसपी केसीले जनाए ।

अति सरल स्वभावकी डोटेल केही दिनदेखि सम्पर्क बिहिन हुनु र पोखरामा झोला भेटिनुले घटना थप शंकास्पद भएको उनका काका मोहन पाण्डेले बताए ।

डोटेललाई यदि कसैले देखेमा  वा भेटेमा नजिकको प्रहरी कार्यालय वा आफन्तलाई सम्पर्क गर्न उनका परिवारजनले आग्रह  गरेका छन्।

मोबाइल समेत नलिएकी डोटेल शनिबार देखि सम्पर्क विहिन हुनाले उनका आफन्त र प्रहरीलाई खोज तलास गर्न थप समस्या भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button