भलिबल खेलाडीलाई पोखरामा जर्सी हस्तान्तरण

पोखरा न्यूज – ०९, भदौ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा राष्ट्रिय खेलकुद परिषदका कार्य वाहक सदस्य सचिव राजेश कुमार गुरुङले खेलाडीलाई जर्सी हस्तान्तरण गरेका छन्।

उनले बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टिमको महिला भलिबल खेलाडीहरुलाई सोमबार काठमाण्डौंमा २५ थान जर्सी सहयोग हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै कावा सदस्य सचिव गुरुङले सागलाई लक्षित हुने गरी खेलाडीहरुलाई दत्तचित्त भएर लाग्न आग्रह गर्दै आवश्यक प्रशिक्षण दिन राखेप तयार भएको जनाए ।

नतिजा ल्याउने गरी प्रशिक्षण गर्न विभिन्न खेलका प्रशिक्षकहरुलाई निर्देशन दिदै उनले प्रशिक्षणका आधारभूत कुरा अपुग भएमा तत्काल माग गर्न समेत आग्रह गरे ।

उनले सोमबार राष्ट्रिय टिम को स्क्वास, टेनिस, उसु लगायतका खेलको प्रशिक्षण को अनुगमन गरी खेलाडीहरुको गुनासो सुनेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button