राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टिम सहभागि हुने

दीननाथ बराल, पोखरा न्यूज – १०, भदौ । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितामा डिफेन्डीङ्ग च्याम्पियन शसस्त्र प्रहरी बल (एपिएफ) सहित ६ टिमको सहभागिता हुने भएको छ ।

यही भदौं १२ गते देखि १६ गतेसम्म संचालन हुने महोत्सवको अवसरमा भदौं १४ देखि १६ गतेसम्म संचालन हुने  प्रतियोगितामा दुई विभागियसहित ६ टिमको सहभागिता हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो  ।

प्रतियोगितामा एपिएफ सहित नेपाल प्रहरी क्लब, न्युडाईमण्ड एकेडेमि, चितवन टाइगर्स क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र काठमाण्डौ र पश्चिमाञ्चल भलिबल टिम सहभागि हुने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए ।

प्रतियोगिताको विजेता टोलीलाई एक लाख १ सय ५५, उप-विजेतालाई ६५ हजार ५ रुपैया र तेस्रो हुनेलाई २५ हजार ५ रुपैयाको साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको क्षेत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

खेल अवलोकनको लागि दर्शकले क्वाटर फाइनलको एक सय, सेमिफाइनलको दुई सय र फाइनल खेलको तीन सय रुपैया शुल्क तिर्नु पर्नेछ । भलिबल खेल संचालन गर्नको लागि समाजलाई करिब १९ लाख जसो आर्थिक भार हुने खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । “मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ विगत २२ वर्ष अगाडि देखि नव आदर्श सामुदायिक विकास समाज लामाचौरले संचालन गर्दै आएको तीज मेला महोत्सवका रुपमा रुपान्तरण हुँदा  हरेक वर्ष लाख बढी दर्शकहरु भित्रिने गरेको समाजका अध्यक्ष कमल बहादुर थापाले बताए ।

उक्त अवसरमा एकता बुक्स अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । पवित्र गणेश सप्लायर्स अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, दि युनाईटेड गोल्ड मार्ट तीज गीत प्रतियोगिता, एक्सपर्ट एजुकेशन खुल्ला एकल नृत्य प्रतियोगिता हुने भएको छ ।

महोत्सवमा पहिलो पटक समावेश कास्की समाज क्यानडाले १० किमि सडक दौड, नरबहादुर बानिया स्मृति गण्डकी प्रदेश स्तरीय सितेरियो कराते प्रतियोगिता, बाल उद्यान तथा विभिन्न कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति, एवं विभिन्न विद्याका श्रष्टा सम्मान जस्ता कार्यक्रम रहने भएको सांस्कृतिक संयोजक दील बहादुर थापाले बताए ।

डिस मिडिया प्रालि प्रमूख प्रायोजकको रुपमा रहेको महोत्सवमा प्रायोजकका रुपमा पोखरा मिक्स्चर सेवा समिति लामाचौर, सह प्रायोजकका रुपमा हङ्गकङ्गमा रहको कुब्जे दिदी बहिनी समुह हङ्गकङ्गको सहकार्य रहेकोे छ । महोत्सव सम्पन्न नर्ग करिब ५० लाख संकलन हुने भएको अर्थ संयोजक नविन भण्डारीले बताए ।

त्यसै गरी अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार, महिला समूहगत तीज गीत प्रतियोगितामा प्रथम पुरस्कार २५, द्धितिय पुरस्कार १५ हजार, तृतिय पुरस्कार १० हजार, सान्त्वना पुरस्कार ५ हजार रहेको छ । पवित्र गणेश सप्लायर्स अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार, खुल्ला एकल नृत्य प्रतियोगिता प्रथम पुरस्कार १० हजार, द्धितिय पुरस्कार ७ हजार, र तृतिय पुरस्कार ५ हजार रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button