विजयपुरको नयाँ पुलले पनि नधाने पछि पोखरा विमानस्थलको निर्माण कार्य प्रभावित

दीननाथ बराल, पोखरा न्यूज – ११, भदौ । पोखराको विजयपुर खोलामा हालै निर्माण भएको बेलीब्रिजबाट काम नभए पछि पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित भएको छ । विमानस्थल निर्माणको लागि आवश्यक सामान ल्याउन नपाए पछि हाल आयोजनाको निर्माणको कार्य प्रभावित भएको निर्माण कम्पनीले जनाएको हो ।

१० टन भारवाना क्षमताको मोटरेबल पुल जोखिमका कारण त्यसको विकल्पमा हाल ३५ टन भारवान क्षमताको बेलीब्रिज निर्माण भए पनि त्यसबाट समेत निर्माणधिन विमानस्थलको सामानहरु आयोजना स्थलमा ल्याउन नपाएको चाइईनिज कम्पनी सिएएमसी कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले गुनासो गरे ।

हाल ३६ टन भारवान क्षमताका गाडीहरु सडकमै रोकिन पुगेको उनले जनाए । चाइनिज कम्पनिका ६ वटा ट्रक विगत ४ दिन देखि गगनगौडाको सडकमै अलपत्र अवस्थामा रहेको जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले गुनासो गरे ।

उनले भने “हामीले पटक पटक गरी करिब ७/८ पटकसम्म डाईभर्सन पुल बनायौं तर खोलाले बगाए पछि हाल हामीलाई निर्माण सामाग्रि ल्याउन कठिन भएको छ, हाम्रा निर्माण सामाग्रि बाटोमै रोकिए पछि हामीले कसरी निर्माण कार्य छिटो गर्न सकिन्छ । ” आयोजनाका स्टिल स्टक्चर, टर्मिनल भवनका सामानसहितका करिब ५ सय भन्दा बढी ३५ टन बढी भारवान क्षमताका गाडीहरु पोखरा आउने तयारी भएको उनले जनाए ।

पोखरा विमानस्थलको निर्माण कार्यलाई तिव्रता दिन निर्माण सामाग्रिहरु सहज ढंगले निर्माण स्थलमा पुर्याउने व्यवस्था मिलाउन जनसम्पर्क अधिकृत चापागाईले बताए । टर्मिनलका विभिन्न पोलहरु मध्य एउटै ३६ टन भारवान क्षमताका भएको उनले दाबी गरे ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रमुख मुराहरी मिश्रले विजयपुरमा हालै निर्माण भएको बेलीब्रिजको क्षमता ३५ टनसम्म भएकोले त्यस भन्दा माथिको भारवान क्षमता भएका सामानहरु ओसारपोसार हुँदा जोखिम भएकाले कुनै पनि सवारी साधनलाई वारपार गर्न नदिने उनले बताए ।  उनले भने “ हामीले जोखिमका हिसाबले विजयपुरमा ३५ टन भारवान क्षमता भन्दा माथिका सवारी साधनहरु रोकेका छौं, यदि भारवान क्षमता बढी भएमा दुई पटक गरी ल्याउन पनि हुन्छ । ”

सडक डिभिजन कार्यालय पोखराका निमिक्त प्रमुख कल्याण खड्काले विजयपुर खोलामा हाल डाइभर्सन पुल खोलाले बगाएकाले पुनः बनाउने वा केही समय पछि बनाउने बिषयमा तत्काल कुनै निर्णय नभएको जनाए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button