पोखरा-३२ मा मोटरसाइकल र स्कुटर ठोक्किदा १ को मृत्यु, ३ घाइते

पोखरा न्यूज – १२, भदौ । पोखरामा गए राति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नंको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा  पोखरा -५ पर्स्याङ् निवासी १८ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

ठक्करपछि  गम्भीर घाइते भएका गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । सो दुर्घटनामा लेखनाथ भण्डारढीकका विकल सुनार र रुपा-७ का दीपक विक तथा पोखरा अर्चलबोटका निशान गुरुङ घाइते भएका छन् ।

घटना बारे थप अनुसधन भैरहेको प्रहरीले जनाकारी दिएको छ ।

२०७६ / ०४ /१२ गते ६: 00 मा अद्यावधिक गरिएको 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button